काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। दिउँसो तीन बजेका लागि बैठक बोलाइए पनि केही ढिलो गरी सुरु भएको हो।
सोमबार नियमित बैठक भए पनि सोमबार मन्त्रिमण्डल हेरफेर भएका कारण बैठक स्थगित गरिएको थियो।
अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरुले नै दबाब दिइरहेका छन्। बैठकमा उक्त विषयमाथि पनि छलफल हुने बताइएको छ।
सोमबारको संसद्मा प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका थिए।
कांग्रेसकै महामन्त्री गगन थापाले राजीनामा वा बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए। जनता समाजवादी पार्टीबाट सोमबार मात्रै शपथ लिएका तीन मन्त्रीको पहिलो मन्त्रिपरिषद् बैठक हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।