• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुई वर्षपछि प्रदीप गिरिलाई ओलीको जवाफ : त्यसबेला होइन, योचाहिँ हो इनफ इज इनफ

64x64
ईश्वर बराल सोमबार, असार २०, २०७९  २१:५५
1140x725

काठमाडौं–प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सरकारका गतिविधिको कटु आलोचना गरे।

उनले आफ्नो मन्तव्यको सुरुवात बेलायती संसदको एक दृष्टान्तबाट गरेका थिए, जुन उनी प्रधानमन्त्री हुँदा उनैप्रति लक्षित गर्दै एक सांसद्ले चर्चा गरेका थिए।

‘एक जना माननीय सांसद्ले यसै संसदमा एउटा कुरा भन्नुभएको थियो। विन्स्टन चर्चिलले १९४० को बेलायती संसदमा भनेको एउटा भनाइ थियो,’ ओलीले भने, ‘त्यतिखेरका प्रधानमन्त्री नेभिल चेम्बरलेनले साह्रै काम गर्न नसकेको, काम बिगारेको अवस्थामा चर्चिलले भनेका थिए ‘इट्स इनफ, इनफ इज इनफ’।’

पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले राम्रो काम गरेका बेला, अर्थतन्त्र ठीक दिशामा अगाडि बढेका बेला, राष्ट्रिय एकताका साथ राष्ट्रिय समुन्नतिको बाटोमा अगाडि बढेका बेला, कोभिड १९ ले देशलाई आक्रान्त पार्दा त्यसलाई दृढतापूर्वक सामना गरेका बेला, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यतिर देश अघि बढिरहेका बेला एक जना सांसद्ले ‘इनफ इज इनफ’  भनेको स्मरण गरे।

नेता ओलीले ती सांसदप्रति लक्षित गर्दै भने,‘उहाँ त यहाँ हुनुहुन्न, तर इनफभन्दा बढी नै भएपछि बोल्न म यहाँ उभिनु परेको छ। इनफ इज इनफ, अबचाहिँ अति नै भयो।’

उनले मुख्यतः एसपीपीको विषयमा आफ्नो संग्लनताबारे स्पष्टीकरण दिँदै बजेट निर्माण गर्दा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लगाएकोमा उनीमाथि छानबिनको माग गरेका थिए। तीबाहेक राष्ट्रिय राजनीतिका केही महत्वपूर्ण विषयलाई उनले उठाए। 

करिब डेढ घण्टा बोलेका नेता ओलीले अन्त्यमा देशमा बेथिति रहेकाले यस्तो अवस्थालाई ‘इनफ इज इनफ, इट इज नट टलरेवल’ भनेका थिए। 

उनले आफ्नो मन्तव्य सक्नुअघि प्रधानमन्त्रीलाई लक्षित गर्दै सभामुखतिर फर्कँदै भनेका थिए ‘अब यहाँकै पार्टीका एक जना माननीयले भन्नुभएको कुरा म सभामुखमार्फत् भन्न चाहन्छु। इनफ इज इनफ भन्नु भएको थियो। इनफ इज इनफ त्यतिखेर हैन, यतिखेर हो। इनफ इज इनफ, इट इज नट टलरेवल इनफ इज इनफ।’

Ncell 2
Ncell 2
nimb
nimb

के भनेका थिए प्रदीप गिरिले?
नेता ओलीले बारम्बार ‘एक जना’ भनेर लक्षित गरिएका सांसद् हुन् प्रदीप गिरि। सांसद गिरि अस्वस्थताका कारण आजकाल संसदमा उपस्थित छैनन्। 

गिरिले तत्कालीन ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि २०७७ जेठ ४ गते संसद्मा टिप्पणी गर्दै तत्कालीन बेलायती सत्तासीन पार्टीका नेता चर्चिलले संसद्मा भनेको चर्चित भनाइ ‘इट्स इनफ, इनफ इज इनफ’ लाई उद्धरण गरेका थिए।

कोरोना महामारीबीच बजेट अधिवेशनमार्फत् नीति तथा कार्यक्रम प्रस्तुत गर्न आएको सरकारलाई तत्कालीन प्रतिपक्षी दलका सांसद् गिरिले तत्कालीन प्रधानमन्त्री ओलीलाई १९४० को बेलायती संसद्को घटनालाई स्मरण गराउँदै जनताका समस्या अनदेखा गरेकोमा स्पष्टीकरण मागेका थिए।

‘यो सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु। विरोधका लागि विरोध गर्ने, अत्तो थाप्ने म सांसद् होइन। यो सरकारको अकर्मण्यता, अक्षमता लगभग द्वितिय विश्वयुद्ध बेलाका बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बरलेनजस्तै छ,’ गिरिले भनेका थिए, ‘उनलाई हटाउन उनकै पार्टीका लर्ड एनरीले उठेर भन्नुपरेको थियो- ‘इनफ, इनफ’ हामीमाथि दया गर, त्यो कुर्ची छोडिदेऊ। त्यो दृश्य दोहोर्‍याउन चाहन्नँ।’

यो पनि पढ्नुहोस्

सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्आइतबार, जेठ ४, २०७७

गिरिले भनेका थिए, ‘सबै कुरा आज चाहिएको छ, तर सबैभन्दा पहिले सहानुभूति चाहिएको छ। संवेदना चाहिएको छ। प्रेम र माया चाहिएको छ। ’

उनको धारणामाथि २०७७ जेठ ६ गते ओलीले जवाफ दिएका थिए। ओलीले गिरिलाई लक्षित गर्दै भने, ‘सायद अहिलेको सरकारलाई होला इनफ इज इनफ भनिरहेको छ, छोडिदिनु पर्‍यो भन्ने, त्यो उहाँ मित्रलाई लागेको भन्नु भएको इनफ इज इनफ’ होला।  नेपाली जनताले गएको चुनावमा ‘इनफ इज इनफ, इनफ एण्ड मोर द्यान इनफ’ भनेर त यो सरकार बनाएको हो।’

ओलीले त्यो १९४० तिरको कुरा, अर्को देशको कुरा रहेकाले यहाँ नमिल्ने भनेर जवाफ फर्काएका थिए। ‘त्यो १९४० तिरको कुरा, अर्को देशको कुरा, त्यो एउटै जुत्तामा सबै खुट्टामा मिल्दैन,’ उनले भनेका थिए, ‘यो चेम्बरलेन र चर्चिलको दृष्टान्त पनि त्यहाँको जुत्ता, १९४० को जुत्ता अहिले नेपालीको खुट्टामा लाउन खोज्दा धेरै अघि बढिसकेको परिस्थितिमा मिल्दैन।’

२०७७ जेठ ६ गते गिरिलाई ओलीको जवाफ
चर्चिल प्रधानमन्त्री हुनुभन्दा अगाडि चेम्बरलेनलाई हटाउने सन्दर्भमा  बेलायतको संसदमा अति भयो ‘इनफ, इनफ’ नारा लाग्यो। त्यसो भनेपछि चेम्बरलेनले छोडिदिनु पर्छ। सायद अहिलेको सरकारलाई होला इनफ, इनफ भनिरहेको छ, छोडिदिनुपर्‍यो भन्ने उहाँ मित्रलाई लागेर भन्नुभएको होला इनफ इनफ। 

नेपाली जनताले गएको चुनावमा ‘इनफ इज इनफ एण्ड मोर द्यान इनफ’ भनेर त यो सरकार बनाएको हो। त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु। इनफ नभनिकन त यो स्थायी सरकार बनाएको हैन नि। इच्छा गर्न पाइन्छ म त्यसमा केही भन्दिनँ। म अत्यन्त सम्मानसाथ सम्झाउन खोज्छु जनताले ‘इनफ इज इनफ’ भन्छ कहिले कहिले। जस्तो व्यवस्थापिकामा त हामीले ६–६ महिना, ९–९ महिनामा ‘इनफ इनफ’ देख्यौं नि, शक्तिका खेलहरू कुदाकुदहरू दौडादौड देख्यौं। 

यो सबै कुरालाई ‘इनफ इनफ’ भनेर नेपाली जनताले गएको चुनावमा जवाफ दिएको छ। यो सरकार त्यसैको उपज हो। त्यसकारण यो १९४० तिरको कुरा, अर्को देशको कुरा। त्यो एउटै जुत्ता सबै खुट्टामा मिल्दैन। यो चेम्बरलेन र चर्चिलको दृष्टान्त पनि त्यहाँको जुत्ता, १९४०को जुत्ता अहिले नेपालीको खुट्टामा लाउन खोज्दा धेरै अघि बढिसकेको परिस्थितिमा मिल्दैन।

गिरिको जवाफ
ओलीको जवाफमाथि ६ गते नै  गिरिले जवाफ दिंदै फेरि पनि १९४० को बेलायतको घटना स्मरण गराएका थिए।

‘प्रधानमन्त्री (ओली)ले अब तीन वर्ष बाँकी छ भनेर भन्नु भएको छ। चेम्बरलेनको पनि ३ वर्ष बाँकी थियो। त्यो तिथिमिति हेर्नु भए हुन्छ। उहाँको पार्टी अल्पमतमा गएको थिएन,’ गिरिले भनेका थिए, ‘म फेरि सम्झना गराउँछु तत्कालीन राष्ट्रिय संकटमा उहाँलाई विपक्षीभन्दा पनि उनकै पार्टीका सांसद्ले सम्झना गराएका थिए। बिदा बिदा, बिदा चाहियो प्रभु भनेर।’

तत्कालीन प्रधानमन्त्री ओली र गिरिको  सवालजवाफपछि नेपालको राजनीतिक ‘कोर्स’ ले नयाँ मोड लियो। 

त्यसपछि तत्कालीन सत्तारुढ पार्टी नेकपाभित्रको कलहले पार्टी विभाजनकाे स्थिति निम्तियाे। ओलीले २–२ पटक प्रतिनिधिसभा विघटनकाे असफल प्रयास गरे। 

पहिलोपटक पुनःस्थापनापछि बसेको प्रतिनिधिसभा बैठकमा उनै गिरिले फेरि त्यही प्रसंग उप्काएका थिए।

‘एउटा कुरा म सम्झिन्छु, केही महिनाअगाडि यहाँ एक पटक मैले सरकारको क्रियाकलापको विषयमा कुरा गर्दा इंग्ल्यान्डको इतिहासबाट पैँचो लिएर 'प्रधानमन्त्रीजी इनफ इज इनफ  भनेर त्यहाँका विद्रोही नेता चर्चिलले चेतावनी दिए। त्यसपछि तत्कालै त च्याम्बरलेनले राजीनामा दिएनन्,’ गिरीले ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘तर अन्ततः उनको राजीनामा भयो। सुखद् राजीनामा भयो।’

यो पनि पढ्नुहोस्

संविधानलाई सम्हाल्ने कि नसम्हाल्ने?सोमबार, चैत ३०, २०७७

तर ओलीले गिरिको तत्कालीन समयमा यसको जवाफ त फर्काएनन् तर पुनः अर्कोपटक प्रतिनिधिसभा विघटनको असफल प्रयास गरे र अदालतको फैसलाले उनलाई सत्ताको नेतृत्वबाट प्रतिपक्षी बेञ्चमा पुर्‍यायो।

सांसद गिरि सत्तापक्षका भएका छन्। तर संसद्को पछिल्ला अधिवेशनले गिरि र उनका विचारलाई ‘मिस’ गरिरहेको छ। 


 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्