• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्

प्रदीप गिरि आइतबार, जेठ ४, २०७७  २१:४८
1140x725

सोह्रै आना यस्तै नभएपनि लगभग यस्तै सदनमा ३० वर्षदेखि बोल्दै आएको छु। राष्ट्रपतिको सन्देशका नाममा औपचारिक रुपमा पेस गरिएको यस्तो दस्तावेजमा सधैं बोलेको छु। तर, यसपटक जस्तो व्यर्थता र निरर्थताको अनुभूति कहिल्यै भएको थिएन।

२०३२ साल तिर कमरेड केपी शर्मा ओलीसँग भद्रगोल जेलमा देखादेख भएको थियो। गोलगरमा म थिएँ। नजिकबाट कुरा गर्न पनि गाह्रो थियो। कति वर्ष बितेछ त? राष्ट्रपतिको नीति तथा कार्यक्रम सम्बोधन पढ्दा यतिका वर्ष हामीले के गरेछौं त भन्ने लाग्यो। नीति तथा कार्यक्रम सरकारको किंकर्तव्यविमूढताको ठोस प्रस्ताव छ। त्यो दिशाविहीनताले म पनि संकल्पित भएजस्तो भएको छ। कस्को विरोध गर्ने? देश परिवर्तन गर्न हिँडेकालाई हाँसो उडाउने वा कुन पक्षको समर्थन गर्ने? हामीले ३०/४० वर्षदेखि बनाएका सरकार उस्तै भएनौं त?

विगत ४० वर्षले हामीलाई सत्ताको हस्तान्तरण मात्रै गरेछ, सत्ताको रुपान्तरण गरेनछ। फलस्वरुप भ्रष्टाचारमा देश डुबेको छ। सुशासन शब्द जिब्रोमा अड्केको छ। फगत कुशासन छ। कुशासन र भ्रष्टाचारलाई लकडाउनले ठोस रूपमा छाम्न सकिने, बुझ्न सकिने, तौल गर्न सकिने रूपमा गाउँगाउँमा देखाइदिएको छ।

लकडाउनको सुरु हुनुभन्दा दुई दिनअघिसम्म म गाउँमा थिएँ। जन्मथलोमै म लकडाउनमा परें। व्यक्तिगत रूपमा कसैलाई केही भन्नु छैन। चाहेमा भन्न सक्छु तर कसैको नाम लिएर भन्नु छैन। यत्रो अशंवेदनशीलता? यत्रो अमानवीयता? प्रतिनिधिमूलक पात्रको यत्रो अभाव? आम नागरिकको अवस्था के होला? नागरिकले कसरी लकडाउन खेपिरहेका होलान्? कति दिन खेप्लान्? सिडिओ हस्याङफस्याङ छन्। डिआइजीलाई सवारी चलाउँदैमा फुर्सद छैन। दोष कसैलाई दिनू? 

किंकर्तव्यविमूढता नीति तथा कार्यक्रममा पनि देखिएको छ। 'सुशासनलाई लागू अवश्य गरिनेछ'। अर्को थप कुरा कसैलाई भोकै रहन नदिने र मर्न नदिने विषय नीति तथा कार्यक्रममा समावेश छ। म चेतावनी दिन चाहन्छु, भोकले नै मर्ने अवस्था आउँदैछ। कतिपय कुरा संवेदनशील मानिस र संवेदनशील नेताहरुले भनिसके। रोगभन्दा पनि भोकले मर्ने अवस्था नेपालमा आउँदैछ। 

सरकारको संयन्त्र त्यसप्रति पूर्ण उदासीन छ। भनिन्छ– रक्सीको नशा खाएपछि मात्र लाग्छ। पैसाको नशा पाएपछि लाग्छ। तर, सत्ताको नशा कसैले गाइदिएपछि लाग्ने रहेछ। ‘ओहो तपाई| त कति ठूलो मान्छे’, ‘यो देश बनाउन तपाईँको जन्म भएको’ भनिदिएपछि सत्ताको नशा लाग्ने रहेछ। हाम्रो सत्ताधारी दलका नेतालाई मुलुकको जानकारी भएजस्तो लाग्दैन।

द्वितीय विश्वयुद्धपछि मानव इतिहासमा 'एटम बम'ले ल्याएको खतराभन्दा कोरोना खतरा हो। नीति तथा कार्यक्रममा ‘यो गरिनेछ’,‘त्यो गरिनेछ’ छ। बाफ्रे! 'गरिनेछ'को लिस्ट! ३० वर्षको मेरो संसदीय अनभुवमा यति बढी ‘गरिनेछ’ मात्र भएको कुनै नीति कार्यक्रममा थिएन। यसैगरी 'गरिनेछ, गरिनेछ' मात्र लेख्ने हो भने केही दिनमा गरिनेछको ठाउँमा ‘मरिनेछ’ लेख्नुपर्छ। 'मरिने'को खतरा हटाएर 'गरिनेछ' लेख्नुपर्नेमा नीति तथा कार्यक्रम पूर्ण मौन छ। जिम्मेदारीबाट पन्छिनका लागि नाम मात्रको सशासनको कुरा उल्लेख छ।

प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले के गर्ने? अवस्था यस्तो छ भन्न पाइँदैन। कुनै घरमा गार्ड राखिएको छ। चोरी भयो भने सबैभन्दा पहिले चोर खोजिँदैन। गार्डसँग स्पष्टीकरण सोधिन्छ। त्यसैले यो सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु। विरोधका लागि विरोध गर्ने, अत्तो थाप्ने म सांसद होइन। यो सरकारको अर्कमर्ण्यता, असक्षमता लगभग द्वितीय विश्वयुद्ध बेलाका बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बल जस्तै छ। उनलाई हटाउन उनकै पार्टीका लर्ड एनरीले उठेर भन्नुपरेको थियो- ‘इनफ, इनफ’ हामी माथि दया गर, त्यो कुर्ची छोडिदेऊ। त्यो दृश्य दोहोर्‍याउन चाहन्नँ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा शंका छैन। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिअनुसार देशभक्ति हो भने प्रचण्डसँग हात मिलाएर भारत र चीनलाई लालसेना बनाएर सबक सिकाउन पनि बेर छैन। तर, समस्या छ, आज भोकमरीको। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालीहरु कुनै दिन बलियो भए भने अमरसिंह थापाले जस्तै हतियार चलाएर सतलज पुगौँला। अहिलेका लागि आवश्यक मात्रामा क्वारेन्टाइन बनाउनुस् प्रधानमन्त्रीजी। सीमामा हजारौं लाखौं नागरिक छन्, तिनलाई भित्र्याउनुस्। संगै बाचौँला, सँगै मरौँला। मलेसिया र मध्यपूर्वका नेपालीलाई ल्याउन आँट देखाउनुस्, जसका पैसाले हामी बाँचेका छौं,। उनीहरु त्यहाँ चाहेर गएका होइनन्। उनीहरूलाई कविताको भाषामा भन्नुस्– अर्काको देशमा गएर कसका लागि लड्दैछौं? कसका लागि कमाउँदैछौं? आऊ, आफ्नै देशमा। जोसँग लड्न छ, आफ्नै देशमा आएर लड। आफ्नै देशमा मर। आफ्नो मुलुकको भारी बिसाउन छोडेर अर्को मुलुकको भारी बोक्न जाने? कवितामै भन्नुस्।

राष्ट्रपतिलाई पनि म भन्न चाहन्छु। राष्ट्रपति कुनै पार्टीको सदस्य होइन। कोरोनाका बेला बेलायतकी महारानी एलिजावेथले सन्देश दिएजस्तै हैसियत नेपालको राष्ट्रपतिको पनि छ। सिंगो मूलुकको राष्ट्रपति हुन सिक्नुपर्छ। राष्ट्रपतिको सन्देश सबै दललाई हो। तर त्यस्तो ध्वनि यहाँ छैन।

भिडियो
कुनैपनि मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। प्रधानमन्त्रीले भ्रष्टचारशून्य बनाउँछु भन्दा मानिसहरू तातेका थिए। दुई वर्षका अनेक काण्डको चर्चा गर्दिनँ। सञ्चारमन्त्रीदेखि विभिन्न मन्त्री दागी भएको दोहोर्‍याउन चाहन्नँ। उहाँले आफूले एक दिन सिद्ध गर्नुहोला। जिल्ला, गाउँ, घर, अदालतमा गएर वास्तविकता बुझ्न म प्रधानमन्त्रीलाई आग्रह गर्दछु। लडाकु जत्था बनाएर हिडेंको तपाईंहरु झुक्किएर भएपनि गाउँको अवस्था बुझ्नुस्। त्यो अवस्था बुझ्नु भनेको कोभिडको आतंक बुझ्नु हो। 

सबै कुरा आज चाहिएको छ, तर सबैभन्दा पहिले सहानुभूति चाहिएको छ। संवेदना चाहिएको छ। प्रेम र माया चाहिएको छ। दाजुभाई, छिमेकीलाई माया गर्न नसक्ने समाजवादी हुन सक्दैन। मार्क्स, एंगेल्सको ठेली बिर्सनुस्। समाजवादको मूल परिभाषा आम जनतालाई माया गर्ने हो। र, आफूलाई माया गर्ने हो। नीति तथा कार्यक्रममा सबैथोक देखें। तर,माया देखिनँ। त्यसैले यो नीति तथा कार्यक्रमको विपक्षमा बोल्दैछु। मतदान गर्न परे, विपक्षमा मतदान गर्छु।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले समस्या समाधान गर्नुपर्छ। सरकारले समाधान गर्दैन भने ठाउँ छोडोस्। झुठो ललिपप दिने बेला यो होइन।

(नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा कांग्रेस नेता नेता गिरीले राखेको विचारको संम्पादित अंश)

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्