• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भान्छामा पुग्दा तरकारी कालीमाटीमा भन्दा दोब्बर महँगो

कल्पना घिमिरे सोमबार, असार २०, २०७९  १२:१२
1140x725

काठमाडौं- कुलेश्वरको फुटपाथमा तरकारी बेच्ने गुनामाया भुजेल गत शुक्रबार कालीमाटी तरकारी बजारबाट दुवै हातमा तरकारीको झोला बोकेर निस्किँदै थिइन्। उनले एउटा हातमा गोलभेँडाको पोको झुण्ड्याएकी थिइन् भने अर्कोमा कागती र हरियो धनियाँ। कुलेश्वर चोकमा तरकारी बेच्दै आएकी उनी विगत ८ वर्षदेखि कालीमाटी तरकारी बजारबाट थोक मूल्यमा तरकारी किनेर लगिरहेकी छन्।  

८ वर्षअघि र अहिले तुलना गर्दा कालिमाटीमा तरकारीको भाउ अचाक्ली बढेको उनले बताइन्। ‘जे को भाउ पनि बढेर हो कि किन हो होलसेलमै छोइसाध्य छैन। मैले आफूलाई थोरै फाइदा राखेर बेच्दा पनि महँगो भो भनेर धेरैले किन्नै मान्दैनन्। किनिहाले पनि घटाउन खोज्छन्,’ उनले भनिन्। 

पहिले तरकारी बेचेर राम्रो आम्दानी गर्ने उनी हिजोआज बासी रहने र कुहिएर घाटा लाग्ने बताउँछिन्। ‘पहिले त खान र छोराछोरीलाई पढाउन पुग्दै थियो। अहिले त खर्च पुर्‍याउन मुस्किल पर्छ,’ उनले भनिन्।

धुम्बाराहीमा १३ वर्षदेखि तरकारी पसल सञ्चालन गर्दै आएका विक्रम खत्री पनि कालीमाटीका नियमित ग्राहक हुन्। 

‘पहिलेभन्दा अहिले तरकारीको मूल्य निकै बढेको छ। यो विषयमा सरकारलाई कुनै चासो छैन। यसप्रति सरकारको ध्यान जान सकेन भने झन् मूल्यवृद्धि भइरहन्छ,’ उनले भने।

सरकारले देशमा आधुनिक प्रविधिको विकास गरेर कृषिजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गर्न सके हामीलाई पुग्ने तरकारी यहि उत्पादन हुने उनको तर्क छ। 

के भन्छन् कालीमाटीका थोक व्यापारी? 
२०४६ सालदेखि कालीमाटी तरकारी बजारमा आलु र प्याजको स्टल सञ्चालन गर्दै आएका व्यापारी अमेजन महर्जन आफूले तीन रुपैयाँ प्रतिकेजी आलु बेचेको सम्झन्छन्,‘मैंले व्यापार थालेको बेला त आलु प्रतिकेजी ३ देखि ५ रुपैयाँ पर्थ्यो। त्यो बेला नेपालले पो भारतलाई तरकारी निर्यात गर्थ्यो। अहिले भारतबाट आउँछ।’

सुकेको प्याज त नेपाली उत्पादन नहुँदा कालीमाटीले भारतीय र चिनियाँ मात्रै बेच्ने गरेको उनले बताए। ‘समयसँगै महँगी पनि थपिँदै गयो। अझ पेट्रोल डिजेल सबैको भाउ बढेको बढ्यै छ। त्यसले ढुवानी खर्च नै बढेको छ। महँगीने त भयो नै। यो त स्वाभाविक नै हो,’ उनले भने।

Ncell 2
Ncell 2

२३ वर्षदेखि स्टलमा तरकारी बेच्दै आएका अर्का व्यापारी रामसरण उप्रेती उत्पादनै नहुँदा तरकारी महँगिएको हुनसक्ने आँकलन गर्छन्। ‘मौसम पनि बदली भइरहेको त। त्यसमाथि समयसँगै महँगी त्यसै थपिँदै गएको छ। मल, बीउ जस्ता सबै कुरामा महँगी छ। उतैबाट भाउ बढेर आएपछि यहाँ पनि बढाउनु परिहाल्छ’ उनले भने। 

कालीमाटी तरकारी तथा फलफूल बजारमा आइतबार रातो आलुको थोक मूल्य प्रतिकिलो(प्रतिकेजी) न्यूनतम ४० र अधिकतम ४२  रुपैयाँ छ। यस्तो आलुको औसत मूल्य ४१.५०रुपैयाँ तोकिएको छ।

त्यस्तै स्थानीय काउली प्रतिकेजी न्यूनतम रु.४०, अधिकतम रु५०, औसत रु.४५, लोकल काक्रो प्रतिकेजी न्यूनतम रु.७०, अधिकतम रु.८०, औसत रु.७५, गोलभेडा ठूलो न्यूनतम रु.११० अधिकतम रु.१२०, औसत रु.११५ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ। बन्दाको मूल्य  प्रतिकजी न्यूनतम ४० रुपैयाँ छ। अधिकतम रु.५०,औषत रु.४५ तोकिएको छ। 

आलु, प्याज,बन्दा र गोलभेँडाको भाउ भने थोक मूल्यमै दोब्बर  
आलु, प्याज,बन्दा र गोलभेँडाको भाउ भने थोक मूल्यमै दोब्बरले बढेको देखिएको छ। बजारको पाँच वर्षअघिको तथ्यांकसँग तुलना गर्दा आलु, प्याज र गोलभेँडाको मूल्य दोब्बरले बढेको पाइएको हो। 

पाँच वर्षअघि २०७४ असार १९ गते गोलभेँडाको मूल्य प्रतिकेजी अधिकतम् ४० रुपैयाँ थियो। भने यस वर्ष असार १९ गते गोलभेँडा प्रतिकेजी रु.१२० पुगेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले बताएको छ। त्यस्तै पाँच वर्षअघि २३ रुपैयाँ प्रतिकेजी रहेको प्याजको मूल्य बढेर हाल ४० रुपैयाँ पुगेको छ। आलु(रातो) को मूल्य पाँच वर्ष अघि प्रतिकेजी २६ रुपैयाँ थियो। जसको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुगेको छ भने बन्दाको मूल्य प्रतिकेजी २० रुपैयाँ थियो भने हाल प्रतिकेजी ६० रुपैयाँ पुगेको छ। 

 

हरेक वर्ष सबैजसो सामग्री महँगिदै जाँदा तरकारीको भाउ पनि महँगो हुनु स्वभाविक भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। 

‘कुनै तरकारीको भाउ बढेको छ। कुनैको घटेको पनि छ। आलु, प्याज, बन्दा जस्ता तरकारीको भाउ किन दोब्बर बढ्यो भनेर भन्न सकिने कारण छैन। बीउ, मलको भाउ पनि बढेको छ। यीनै कारण हुन सक्छ,’ उनले भने। 

अन्य मौसमको तुलनामा वर्षात्को समयमा तरकारीको मूल्य आकशिने श्रेष्ठ बताउँछन्। उनका अनुसार वर्षात्मा उत्पादनमा गिरावट आउने तथा उत्पादित तरकारी पनि कुहिने समस्या हुन्छ। त्यसमाथि मौसम बदलीका कारण पनि तरकारी उत्पादनमा ह्रास आएको छ। यसले गर्दा उत्पादनमा कमी आई मूल्य बढेको उनको भनाइ छ। 

‘इन्धनको मूल्य बढेको छ। यसले ढुवानी खर्च बढेको छ। यसो हुँदा तरकारीको भाउ पहिलेको भन्दा बढ्नै नै भयो,’ उनले भने। 
आलु, प्याज, गोलभेँडा र बन्दाबाहेक अरु तरकारीहरुको मूल्य भने पाँच वर्ष अघिकै हाराहारिमा देखिन्छ। 

केही मुख्य तरकारीको पाँच वर्ष अघि र अहिलेको मूल्य तुलना गरेर हेरौँ। 

यस्तो छ मुख्य १० तरकारीको पाँच वर्ष अघि र अहिलेको मूल्य


                                                
यो त थोक मूल्य भयो। अब खुद्रा अर्थात् उपभोक्ताले खरिद गर्ने मूल्यको कुरा गरौँ। 

ठगिँदै उपभोक्ता, छैन बजार अनुगमन 
कालीमाटीमा प्रतिकेजी ३०० रुपैयाँ थोक मूल्य पर्ने कन्य च्याउ कलंकी मन्दिर नजिकैको पसलमा पुग्दा उपभोक्ताले  ५०० रुपैयाँ तिरेर खरिद गर्नु परेको पाइयो। त्यस्तै कालीमाटीमा ६० रुपियाँ प्रतिकिलो पर्ने घिउसिमी रविभवन पुग्दा १२० रुपैयाँ परेको पाइयो। 

कलंकी बस्ने अर्खाखाँचीकी उषा पौडेल अघिल्लो वर्ष २० रुपैयाँ मुठा आउने फर्सिको मुन्टा यो वर्ष ४० रुपैयाँ पर्न थालेको बताउँछिन्।

‘ठूलै मुठा भए पनि ३० रुपैयाँमा त पाइन्थ्यो नि। अहिले त ४० घटि आउँदैन। अरु तरकारी पनि किलोकै १०० घटेर आउँदैन,’ उनले गुनासो गरिन्। 

विगत ७ वर्षदेखि काठमाडौंमा बस्दै आएकी उनको पाँच जनाको परिवार छ। 

पाँच जनाको परिवारलाई अघिल्लो वर्षसम्म दिनमा बढीमा १०० रुपैयाँको तरकारीले पुग्थ्यो। अहिले त्यतिनै तरकारी खाँदा दिनको दुई सयदेखि तीन सय रुपैयाँसम्म खर्च हुने उनी बताउँछिन्। 

काठमाडौंमा ज्यामी काम गरेर गुजारा चलाउँदै आएका काभ्रेका श्याम तामाङ बिहानको छाक होटलमै खान्छन्। बेलुका घरमै पकाउँछन्। 

‘परिवार गाउँमै छ। म यहाँ कमाउन आएको एक्लो छु। अहिले त जे पनि मुगो छ। काम गरेर बचाउनै मुस्किल भइसक्यो। आधाउधि पैसो त तिउनमै खर्च हुने भइसक्यो,’ उनले भने।

पाँच वर्षदेखि काठमाडौं बस्दै आएका उनी सुरुमा २० रुपैयाँको तरकारीले आफूलाई प्रशस्त पुग्ने बताउँछन्। ‘अहिले त एक पाउ किन्दा नै ५० रुपियाँ घटि आउँदैन,’ उनी भन्छन्।  

उषा र श्याम त प्रतिनिधि पात्र मात्रै हुन् उनीहरु जस्ता हजारौं मानिसहरु यतिबेला महँगीको मारमा छन्। कालीमाटी तरकारी बजारको थोक मूल्यको तुलनामा खुद्रा मूल्य तीन गुणभन्दा बढी तिर्न बाध्य छन्। त्यसमाथि पसलैपिच्छे भाउ पनि फरक–फरक छ।यसमा सम्बन्धित निकायले अनुगमन गर्न सकेको छैन। 

No description available.

कालीमाटीमा भारतबाट आउँछ झण्डै ४० प्रतिशत कृषि उपज 
कालीमाटी बजारमा नेपाल तथा अन्य मुलुकबाट वार्षिक कुल २ लाख ५९ हजार ७ सय १२ मेट्रिक टन कृषि उपजहरु आयात हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक मनोज धितालले बताए।

जसमध्ये भारतबाट ३९.८० प्रतिशत, चीनबाट ०.४१ प्रतिशत, बंगलादेशबाट ०.३२ प्रतिशत र अन्य देशबाट १.२८ प्रतिशत तरकारी तथा फलफूल आयात हुने गरेको छ। बजारमा नेपालकै तरकारी भने ५८.१७ प्रतिशत आउँछ। 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता
मतदाता नामावलीसम्बन्धी सूचना सुरक्षित रहेको निर्वाचन आयोगको दाबी
सम्बन्धित सामग्री
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
कर्णालीका स्याउ बजारीकरणका लागि काठमाडौंमा महोत्सव हुँदै यही भदौ २० गतेदेखि २२ गतेसम्म तीन दिनसम्म काठमाडौंको शंखमूलस्थित कला घरमा दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म स्याउन महोत्सव आयो... मंगलबार, भदौ १७, २०८२
कृषिमन्त्री अधिकारी भन्छन्: मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री अधिकारीले यस्तो बताएका हुन्। बिहीबार, साउन २९, २०८२
ताजा समाचारसबै
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता मंगलबार, मंसिर २, २०८२
मतदाता नामावलीसम्बन्धी सूचना सुरक्षित रहेको निर्वाचन आयोगको दाबी मंगलबार, मंसिर २, २०८२
जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ मंगलबार, मंसिर २, २०८२
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्