• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भान्छामा पुग्दा तरकारी कालीमाटीमा भन्दा दोब्बर महँगो

कल्पना घिमिरे सोमबार, असार २०, २०७९  १२:१२
1140x725

काठमाडौं- कुलेश्वरको फुटपाथमा तरकारी बेच्ने गुनामाया भुजेल गत शुक्रबार कालीमाटी तरकारी बजारबाट दुवै हातमा तरकारीको झोला बोकेर निस्किँदै थिइन्। उनले एउटा हातमा गोलभेँडाको पोको झुण्ड्याएकी थिइन् भने अर्कोमा कागती र हरियो धनियाँ। कुलेश्वर चोकमा तरकारी बेच्दै आएकी उनी विगत ८ वर्षदेखि कालीमाटी तरकारी बजारबाट थोक मूल्यमा तरकारी किनेर लगिरहेकी छन्।  

८ वर्षअघि र अहिले तुलना गर्दा कालिमाटीमा तरकारीको भाउ अचाक्ली बढेको उनले बताइन्। ‘जे को भाउ पनि बढेर हो कि किन हो होलसेलमै छोइसाध्य छैन। मैले आफूलाई थोरै फाइदा राखेर बेच्दा पनि महँगो भो भनेर धेरैले किन्नै मान्दैनन्। किनिहाले पनि घटाउन खोज्छन्,’ उनले भनिन्। 

पहिले तरकारी बेचेर राम्रो आम्दानी गर्ने उनी हिजोआज बासी रहने र कुहिएर घाटा लाग्ने बताउँछिन्। ‘पहिले त खान र छोराछोरीलाई पढाउन पुग्दै थियो। अहिले त खर्च पुर्‍याउन मुस्किल पर्छ,’ उनले भनिन्।

धुम्बाराहीमा १३ वर्षदेखि तरकारी पसल सञ्चालन गर्दै आएका विक्रम खत्री पनि कालीमाटीका नियमित ग्राहक हुन्। 

‘पहिलेभन्दा अहिले तरकारीको मूल्य निकै बढेको छ। यो विषयमा सरकारलाई कुनै चासो छैन। यसप्रति सरकारको ध्यान जान सकेन भने झन् मूल्यवृद्धि भइरहन्छ,’ उनले भने।

सरकारले देशमा आधुनिक प्रविधिको विकास गरेर कृषिजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गर्न सके हामीलाई पुग्ने तरकारी यहि उत्पादन हुने उनको तर्क छ। 

के भन्छन् कालीमाटीका थोक व्यापारी? 
२०४६ सालदेखि कालीमाटी तरकारी बजारमा आलु र प्याजको स्टल सञ्चालन गर्दै आएका व्यापारी अमेजन महर्जन आफूले तीन रुपैयाँ प्रतिकेजी आलु बेचेको सम्झन्छन्,‘मैंले व्यापार थालेको बेला त आलु प्रतिकेजी ३ देखि ५ रुपैयाँ पर्थ्यो। त्यो बेला नेपालले पो भारतलाई तरकारी निर्यात गर्थ्यो। अहिले भारतबाट आउँछ।’

सुकेको प्याज त नेपाली उत्पादन नहुँदा कालीमाटीले भारतीय र चिनियाँ मात्रै बेच्ने गरेको उनले बताए। ‘समयसँगै महँगी पनि थपिँदै गयो। अझ पेट्रोल डिजेल सबैको भाउ बढेको बढ्यै छ। त्यसले ढुवानी खर्च नै बढेको छ। महँगीने त भयो नै। यो त स्वाभाविक नै हो,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

२३ वर्षदेखि स्टलमा तरकारी बेच्दै आएका अर्का व्यापारी रामसरण उप्रेती उत्पादनै नहुँदा तरकारी महँगिएको हुनसक्ने आँकलन गर्छन्। ‘मौसम पनि बदली भइरहेको त। त्यसमाथि समयसँगै महँगी त्यसै थपिँदै गएको छ। मल, बीउ जस्ता सबै कुरामा महँगी छ। उतैबाट भाउ बढेर आएपछि यहाँ पनि बढाउनु परिहाल्छ’ उनले भने। 

कालीमाटी तरकारी तथा फलफूल बजारमा आइतबार रातो आलुको थोक मूल्य प्रतिकिलो(प्रतिकेजी) न्यूनतम ४० र अधिकतम ४२  रुपैयाँ छ। यस्तो आलुको औसत मूल्य ४१.५०रुपैयाँ तोकिएको छ।

त्यस्तै स्थानीय काउली प्रतिकेजी न्यूनतम रु.४०, अधिकतम रु५०, औसत रु.४५, लोकल काक्रो प्रतिकेजी न्यूनतम रु.७०, अधिकतम रु.८०, औसत रु.७५, गोलभेडा ठूलो न्यूनतम रु.११० अधिकतम रु.१२०, औसत रु.११५ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ। बन्दाको मूल्य  प्रतिकजी न्यूनतम ४० रुपैयाँ छ। अधिकतम रु.५०,औषत रु.४५ तोकिएको छ। 

आलु, प्याज,बन्दा र गोलभेँडाको भाउ भने थोक मूल्यमै दोब्बर  
आलु, प्याज,बन्दा र गोलभेँडाको भाउ भने थोक मूल्यमै दोब्बरले बढेको देखिएको छ। बजारको पाँच वर्षअघिको तथ्यांकसँग तुलना गर्दा आलु, प्याज र गोलभेँडाको मूल्य दोब्बरले बढेको पाइएको हो। 

Xtrem

Xtrem

पाँच वर्षअघि २०७४ असार १९ गते गोलभेँडाको मूल्य प्रतिकेजी अधिकतम् ४० रुपैयाँ थियो। भने यस वर्ष असार १९ गते गोलभेँडा प्रतिकेजी रु.१२० पुगेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले बताएको छ। त्यस्तै पाँच वर्षअघि २३ रुपैयाँ प्रतिकेजी रहेको प्याजको मूल्य बढेर हाल ४० रुपैयाँ पुगेको छ। आलु(रातो) को मूल्य पाँच वर्ष अघि प्रतिकेजी २६ रुपैयाँ थियो। जसको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुगेको छ भने बन्दाको मूल्य प्रतिकेजी २० रुपैयाँ थियो भने हाल प्रतिकेजी ६० रुपैयाँ पुगेको छ। 

 

हरेक वर्ष सबैजसो सामग्री महँगिदै जाँदा तरकारीको भाउ पनि महँगो हुनु स्वभाविक भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। 

‘कुनै तरकारीको भाउ बढेको छ। कुनैको घटेको पनि छ। आलु, प्याज, बन्दा जस्ता तरकारीको भाउ किन दोब्बर बढ्यो भनेर भन्न सकिने कारण छैन। बीउ, मलको भाउ पनि बढेको छ। यीनै कारण हुन सक्छ,’ उनले भने। 

अन्य मौसमको तुलनामा वर्षात्को समयमा तरकारीको मूल्य आकशिने श्रेष्ठ बताउँछन्। उनका अनुसार वर्षात्मा उत्पादनमा गिरावट आउने तथा उत्पादित तरकारी पनि कुहिने समस्या हुन्छ। त्यसमाथि मौसम बदलीका कारण पनि तरकारी उत्पादनमा ह्रास आएको छ। यसले गर्दा उत्पादनमा कमी आई मूल्य बढेको उनको भनाइ छ। 

‘इन्धनको मूल्य बढेको छ। यसले ढुवानी खर्च बढेको छ। यसो हुँदा तरकारीको भाउ पहिलेको भन्दा बढ्नै नै भयो,’ उनले भने। 
आलु, प्याज, गोलभेँडा र बन्दाबाहेक अरु तरकारीहरुको मूल्य भने पाँच वर्ष अघिकै हाराहारिमा देखिन्छ। 

केही मुख्य तरकारीको पाँच वर्ष अघि र अहिलेको मूल्य तुलना गरेर हेरौँ। 

यस्तो छ मुख्य १० तरकारीको पाँच वर्ष अघि र अहिलेको मूल्य


                                                
यो त थोक मूल्य भयो। अब खुद्रा अर्थात् उपभोक्ताले खरिद गर्ने मूल्यको कुरा गरौँ। 

ठगिँदै उपभोक्ता, छैन बजार अनुगमन 
कालीमाटीमा प्रतिकेजी ३०० रुपैयाँ थोक मूल्य पर्ने कन्य च्याउ कलंकी मन्दिर नजिकैको पसलमा पुग्दा उपभोक्ताले  ५०० रुपैयाँ तिरेर खरिद गर्नु परेको पाइयो। त्यस्तै कालीमाटीमा ६० रुपियाँ प्रतिकिलो पर्ने घिउसिमी रविभवन पुग्दा १२० रुपैयाँ परेको पाइयो। 

कलंकी बस्ने अर्खाखाँचीकी उषा पौडेल अघिल्लो वर्ष २० रुपैयाँ मुठा आउने फर्सिको मुन्टा यो वर्ष ४० रुपैयाँ पर्न थालेको बताउँछिन्।

‘ठूलै मुठा भए पनि ३० रुपैयाँमा त पाइन्थ्यो नि। अहिले त ४० घटि आउँदैन। अरु तरकारी पनि किलोकै १०० घटेर आउँदैन,’ उनले गुनासो गरिन्। 

विगत ७ वर्षदेखि काठमाडौंमा बस्दै आएकी उनको पाँच जनाको परिवार छ। 

पाँच जनाको परिवारलाई अघिल्लो वर्षसम्म दिनमा बढीमा १०० रुपैयाँको तरकारीले पुग्थ्यो। अहिले त्यतिनै तरकारी खाँदा दिनको दुई सयदेखि तीन सय रुपैयाँसम्म खर्च हुने उनी बताउँछिन्। 

काठमाडौंमा ज्यामी काम गरेर गुजारा चलाउँदै आएका काभ्रेका श्याम तामाङ बिहानको छाक होटलमै खान्छन्। बेलुका घरमै पकाउँछन्। 

‘परिवार गाउँमै छ। म यहाँ कमाउन आएको एक्लो छु। अहिले त जे पनि मुगो छ। काम गरेर बचाउनै मुस्किल भइसक्यो। आधाउधि पैसो त तिउनमै खर्च हुने भइसक्यो,’ उनले भने।

पाँच वर्षदेखि काठमाडौं बस्दै आएका उनी सुरुमा २० रुपैयाँको तरकारीले आफूलाई प्रशस्त पुग्ने बताउँछन्। ‘अहिले त एक पाउ किन्दा नै ५० रुपियाँ घटि आउँदैन,’ उनी भन्छन्।  

उषा र श्याम त प्रतिनिधि पात्र मात्रै हुन् उनीहरु जस्ता हजारौं मानिसहरु यतिबेला महँगीको मारमा छन्। कालीमाटी तरकारी बजारको थोक मूल्यको तुलनामा खुद्रा मूल्य तीन गुणभन्दा बढी तिर्न बाध्य छन्। त्यसमाथि पसलैपिच्छे भाउ पनि फरक–फरक छ।यसमा सम्बन्धित निकायले अनुगमन गर्न सकेको छैन। 

No description available.

कालीमाटीमा भारतबाट आउँछ झण्डै ४० प्रतिशत कृषि उपज 
कालीमाटी बजारमा नेपाल तथा अन्य मुलुकबाट वार्षिक कुल २ लाख ५९ हजार ७ सय १२ मेट्रिक टन कृषि उपजहरु आयात हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक मनोज धितालले बताए।

जसमध्ये भारतबाट ३९.८० प्रतिशत, चीनबाट ०.४१ प्रतिशत, बंगलादेशबाट ०.३२ प्रतिशत र अन्य देशबाट १.२८ प्रतिशत तरकारी तथा फलफूल आयात हुने गरेको छ। बजारमा नेपालकै तरकारी भने ५८.१७ प्रतिशत आउँछ। 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्