काठमाडौं– अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्नेछ।
निष्काशन गरिने कूल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत् पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।