काठमाडौं– मोबाइल निर्माता कम्पनी शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक भएको छ। किफायती मूल्यमा उपलब्ध हुने रेड्मी नोट ११ प्रो मा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले दाबी गरेको छ।
स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ रेड्मी नोट ११ प्रो लन्च गरिएको कम्पनीले जनाएको छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, 'शाओमीले स्मार्टफोनहरूको सन्दर्भमा आफ्नो सीमा फराकिलो पार्दै विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ। ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ।'
उत्कृष्ट क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएको पंडाले उल्लेख गरे।
यो फोनमा सबैभन्दा आकर्षक पक्ष क्यामेर भएको कम्पनीको दाबी छ। यो फोनमा १०८ मेगापिक्सलको मुख्य क्यामेरा छ। साथै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामेरा दिइएको छ, जसबाट ११८ डिग्रीसम्मको फोटो खिच्न सकिन्छ। फोनमा २ मेगापिक्सलको म्याक्रो क्यामेरा र २ मेगापिक्सलको डेप्थ क्यामेरा लेन्स दिइएको छ। फोनमा १६ मेगापिक्सलको सेल्फी क्यामेरा छ।
१२० हर्जको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेट भएको रेड्मी नोट ११ प्रोमा ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमेसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरूलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिने कम्पनीको दाबी छ।
रेड्मी नोट ११ प्रोमा पावरअपको लागि मिडिया टेकको हेलोइ जी९६ प्रोसेसर रहेको छ। ५००० एमएएच ब्याट्री क्षमता रहेको फोन १५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज हुने गरी ६७ वाटको टर्बो चार्जिङ उपलब्ध रहेको कम्नपीले जनाएको छ।
ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरी तीन रंगहरूमा उपलब्ध यी फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः ३४ हजार ९९९ र ३६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।