काठमाडौं- नबिल बैंकको कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय हो।
बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी अनुभव संगालेका ढुंगानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए।
उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरिसकेका छन्। ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन्।
नबिल बैंकका तत्कानि सिईओ अनिल केसरी साहको दुई कार्यकाल समाप्तभए पछि बैंकले ढुंगानालाई सिईओमा नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।