• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निजगढ विमानस्थल विवाद : फैसलाले झनै अलमल!  

64x64
नेपाल लाइभ बिहीबार, असार १६, २०७९  २०:३५
1140x725

काठमाडौ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनिएको निजगढ विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ बुधबार आयो। करिब एक महिनापछि आएको पूर्णपाठले झन् अन्योल थपेको टिप्पणी सुरु भएको छ। 

सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजलासले गरेको फैसलामा तीन न्यायाधीश एकातिर र दुई अर्कातिर भएका थिए। सरकारले हालसम्म गरेको काम  बदर गर्ने कुरामा पाँचै जना न्यायाधीश एकमत भए पनि विमानस्थलको विकल्पबारे भने उनीहरुले फरक–फरक राय राखेका थिए। 

न्यायाधीश ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र विश्वभरप्रसाद श्रेष्ठले एउटा राय राखेका थिए भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले भने फरक राय राखेका थिए। तीन न्यायाधीशले अहिलेसम्मको सबै प्रक्रिया बदर भएकाले विज्ञहरु राखेर पुनः कानुन सम्वत रुपमा विकल्पबारे अध्ययन गरेर निर्णय लिनू भनेका थिए। दुई बुदाँमा उनीहरूले सरकारका काममा आदेश जारी गरेका थिए।

उनीहरुसँग फरक राय राखेका कार्की र शर्माले पाँच बुँदामा सरकारलाई निर्देशन जारी गरेका थिए। उनीहरुले हालकै स्थानमा विमानस्थल बन्न नसक्ने तर वरिपरि वा नजिकैका क्षेत्रमा बन्न सक्ने हो भने त्यसका लागि पनि अध्ययन गरेर अघि बढाउन सक्ने विकल्प दिएका थिए। 

फैसलामा अहिलेकै स्थानमा विमानस्थल बनाउनु भनेको छ कि छैन? 

सर्वोच्च अदालतलको पूर्णपाठको दुवै रायमा अहिलेकै स्थानमा विमानस्थल बनाउन मिल्छ भनेर नभनेको रिट निवेदक एवं वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माको दाबी छ। उनले सर्वोच्चले विगतमा भएका सबै निर्णय उत्प्रेषणको आदेशले बदर गर्ने कुरामा सबै न्यायाधीशको राय एकै भएकाले उक्त स्थानमा विमानस्थल बनाउनै नमिल्ने टिप्पणी गरे। 

सर्वोच्चका तीन न्यायाधीशले वातावरणको न्यून क्षति हुनेगरी विमानस्थल बनाउन सकिने मात्र भनेको र दुई न्यायाधीशले अहिलेको भन्दा अन्य क्षेत्रमा विकल्प खोज्ने सकिने भनेकाले यथास्थानमा बनाउने कुराको ‘च्याप्टर क्लोज’ भएको उनको दाबी छ। 

‘फैसलामा प्रष्टै भनिएको छ। अब हाललाई यहाँ विमानस्थल बन्ने सम्भावना छैन’, उनले भने, ‘अध्ययन गरेर त्यहाँबाहेक अन्य विकल्प नै छैन अध्ययनले भन्न सक्नुपर्छ। त्यो सम्भव छैन।’ तीन न्यायाधीशहरुले विमानस्थल बन्न सक्दैन भनेको र दुई न्यायाधीशले विकल्प छन् भने खुला हुनुपर्छ भन्ने रायमात्र राखेकाले अब नयाँ स्थान नै खोज्नुपर्ने उनको तर्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नागरिक उडड्यन प्राधिकरण गौरवका आयोजना निर्देशनालय प्रमुख बाबुराम पौडेलले अहिले फैसला अध्ययनकै क्रममा रहेका बताए। आफूहरुले उक्त फैसला अध्ययनपछि मात्र उक्त क्षेत्रमा बनाउन भनिएको हो वा हैन र मिल्ने–नमिल्नेबारे भन्न सक्ने उनले बताए।

कानुन शाखाले बुधबार आएको फैसला अध्ययन गरिरहेकाले त्यसको निष्कर्षपछि मात्र कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय लिने उनको भनाइ छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले वुधबार सार्वजनिक भएको पूर्णपाठले विमानस्थल नै नबनाउन भनेको टिप्पणी गरे।

विमानस्थल उक्त क्षेत्रमै बनाउने वा अन्यत्र बनाउने त्यो सरकारको कुरा भएकाले त्यसमा अदालत नबोलेको उनको भनाइ छ। तीन न्यायाधीशहरु विकल्पको बारेमा मौन रहेको र २ न्यायाधीशले त केही विकल्पहरु पनि दिएको उनले बताए।

‘फैसलाले विमानस्थल निर्माणमा रोक लगाएको छैन। वातावरणको मूल्यांकन गरेर मात्र गर्नू भनेको हो,’ उनले भने, ‘विगतमा गरिएको ईआईएमा धेरै प्रश्न उठेकाले सर्वोच्चले पुनः गर्नू भनेको छ। रुखहरू काट्ने कुरामा पनि प्रश्न उठाएको छ र कति क्षेत्र आवश्यक हो त्यसको विस्तृत अध्ययन गर्न भनेको छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विकासको काममा बाधा देखिने कुरा फैसलाले नगरेको उनको तर्क छ। ‘उक्त क्षेत्रमै पनि बनाउन पाइँदैन भनेको जस्तो लागेन,’ उनले भने, ‘खाली सरकारले विगतमा गरेका अध्ययन, ईआईए र रुख कटान सम्बन्धमा सरकारले गरेको निर्णय गलत देखिएकाले बदर गरेको हो।’

के छ फैसलामा टिप्पणी? 

‘हवाई उडानको आर्थिक तथा प्राविधिक सम्भाव्यतासमेतका कुराका सम्बन्धमा वातावरण, वन, वन्यजन्तु, हवाई उडान व्यवस्थापन, अर्थशास्त्री, समाजशास्त्री, प्रशासनविद्लगायत सम्बन्धित विषयगत विज्ञता भएका आवश्यक संख्याका तटस्थ, निष्पक्ष, तथा दक्ष विषय–विज्ञहरुको समूहबाट उपलब्ध विकल्पहरुसहित वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गर्ने उपाय पहिल्याई; विमानस्थल निर्माण गर्ने स्थलको उपयुक्तता सम्बन्धमा वस्तुगत र तार्किक रुपमा एकीन गर्नुपर्ने देखिन्छ’ फैसलाको पूर्णपाठमा भनिएको छ। 

यस्तै, पूर्णपाठमा ‘छनोट गरिएको स्थानको वातावरण प्रभाव मूल्यांकन कानूनी विधि र प्रकृया अनुसार गराई; विज्ञ समूहबाट राय ठहरसहितको प्रतिवेदन लिई; कहाँ, कुन ठाउँको कति क्षेत्रफल जग्गामा; कति क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने हो भन्ने कुरा एकीन गर्नुपर्ने देखिन्छ,’ भनिएको छ।

सर्वोच्चले आफ्नो फैसलामा विमानस्थन निजगढमा बनाउन हुँदैन भनेको छैन तर विमानस्थल निर्माण गर्दा अपनाउनुपर्ने कानुनी र अन्य कुरा पूरा गरेर मात्र र वातावरणीय क्षतिलाई न्यून गरेर गर्नुपर्ने भनेको छ। 

‘न्यूनतम रुपमा मात्र वातावरणीय क्षति हुने तथा प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा विमानस्थल निर्माण गर्ने कार्य गर्नू गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ। 

यो फैसला न्यायाधीशहरु ईश्वर खतिवडा प्रकाशमान सिंह राउत र विश्वभरप्रसाद श्रेष्ठले सहमत हुँदै दिएका हुन्। फैसला न्यायाधीश खतिवडाले तयार गरेका हुन् भने अन्य दुई न्यायाधीश सिंह र श्रेष्ठले सहमति जनाएका हुन्। 

फैसलामा अघि भनिएको छ, ‘विकासको अवधारणालाई केवल मौद्रिक अर्थमा मात्रै हेरिनु हुँदैन। सामाजिक सांस्कृतिक अन्तर–सम्बन्ध, मानवीय स्वास्थ्य, जैविक विविधताको संरक्षण, अन्तर–वंशीय समन्वय आदि विविध पक्षलाई पनि दिगो विकासको अवधारणा कार्यान्वयनका क्रममा सम्वोधन गरिनु पर्ने हुन्छ।’ 

विमानस्थल कहाँ बनाउने, कस्तो बनाउने, कुन आकारको बनाउने भन्ने कुरा अवश्य नै सरकार (कार्यकारिणी) को क्षेत्राधिकारको विषय भएको सर्वोच्चको पूर्णपाठमा उल्लेख छ।  

‘यो कुरामा धेरै वादविवाद वा छलफल गरिरहनु आवश्यक नै छैन। प्रश्न के हो भने सरकारले गरेका कार्यकारिणी प्रकृतिका काम कारबाही वा निर्णय पनि संविधान तथा कानूनसम्मत नै हुनु पर्दछ’ पूर्णपाठमा भनिएको छ, ‘जब कार्यकारिणी निर्णयले संविधान वा कानूनको दायरा उल्लंघन गर्न पुग्दछन् वा त्यस प्रकारको प्रश्न खडा हुन पुग्दछ भने त्यस कुराको कानूनी वैधानिकताको परीक्षण अवश्य नै न्यायपालिकाले गर्दछ। कार्यकारिणीको निर्णयमा संविधान वा कानूनको त्रुटी कायम रहन पुगेको अवस्थामा स्वाभाविक रुपमा त्यो न्यायिक निरुपण र क्षेत्राधिकारको विषय बन्दछ। ’ 

सरकारले गरेका कार्यकारिणी निर्णय संविधान वा कानूनसम्मत् छन् वा छैनन् भनेर अदालतले न्यायिक परीक्षण गर्ने र आवश्यकतानुसार उचित आदेश दिने कुरा लोकतान्त्रिक पद्धतिकोे एउटा आधारभूत विशेषता नै भएको फैसलामा उल्लेख छ। 
कार्यकारिणी निर्णय भन्ने कुराको आडमा अविवेकपूर्ण वा अनुचित वा समाज वा राष्ट्रको हीत प्रतिकूल हुन जाने गैरकानूनी काम कुरालाई न्यायिक परीक्षणको दायराभन्दा बाहिर राखेर हेर्न नमिल्ने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्