• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भकारीमा आगो लागेपछि प्रचण्डले सम्झिएको बिउ

64x64
नेपाल लाइभ बुधबार, असार १५, २०७९  १९:००
1140x725

काठमाडौं-बुधबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेभित्र बिउ रोपेको बताए। उनले समाजवादी क्रान्तिका लागि पूर्वमाओवादी मात्रै मिलेर नहुने भन्दै सुरु गरेको प्रसंग एमालेमा बिउ रोपेको प्रसंगसम्म लम्बिएको थियो।

'मैले तीन वर्षको अनुभव जे गरेँ। त्यो अनुभव भनेको एमालेभित्रका पनि हजारौँ नेता-कार्यकर्ताहरुलाई एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिँदोरहेछ भन्ने अनुभव हो', प्रचण्डको भनाइ छ, 'तपाईंहरुलाई सकिएन, बिग्रियो भन्ने लाग्न सक्छ। तर, त्यहाँ बिउ रोपिएको छ। हामीले बिउ रोपेर आएका छौँ। हेर्नुहोला, केही समयपछि त्यो फूल्छ, फल्छ।'

प्रचण्डको सम्बोधनको मुख्य विषय वामपन्थी एकतासँग सम्बन्धित थियो। त्यसैले एमालेमा पनि एकताका पक्षधर शक्ति भएको तर केपी ओलीको नेतृत्वका कारण सम्भव नरहेको भन्ने आशय व्यक्त गरेको बुझ्न सकिन्छ। उनले भनेकै छन्, एमालेमा ओली प्रवृत्ति नहुने हो भने अरु हजारौँ कार्यकर्तालाई आरामसँग समाजवादको यात्रामा डोहोर्‍याउन सकिन्छ भन्ने विश्वास छ।

पछिल्लो समय चर्चामा रहेको वाम गठबन्धन/एकताकै एक पाटोलाई प्रचण्डले अघि बढाएका हुन्। तर, उनले आफ्नो सम्बोधनमा नेकपा कालमा आफ्नो भूमिकाको समीक्षा गरेका छैनन्। बीउ रोप्ने मात्रै कुरा गरेका उनले खेतका आली भत्किएका, पानीका मुहान सुक्दै गएको र गोडमेल गर्नेहरुको अभाव रहेको यथार्थ भुलेका छन्। बिउ हुर्काउने र बाली फलाउने भन्दा पनि जे जति उत्पादन भएका छन्, सोहोर्नेमात्रै प्रवृत्ति नेकपा कालमा मौलाएको प्रष्टै छ।

अर्कोतिर, नेकपा गठन हुनुअघि नै माओवादी सांगठनिक रुपमा साह्रै कमजोर भएको थियो। पार्टीको घट्दो आकारका कारण प्रचण्ड एमालेसँग एकताका लागि अघि बढेको उनीहरुले नै स्वीकार गरिसकेको विषय हो। एकता त भयो, तर तीन वर्षमै त्यो भंग भयो। यसरी भंग हुनुमा प्रचण्डलाई नै दोषी देख्ने एमाले पंक्ति बलियो छ। अनि यस्तो यथास्थितिमा प्रचण्डले बिउ रोपेका छौँ भनेर आत्मरति लिनुको अर्थ के होला?

Ncell 2
Ncell 2
nimb
nimb

एमालेका केन्द्रीय सदस्य बिष्णु रिजाल प्रचण्डले आफ्ना नेता-कार्यकर्ताबाट पार लाग्दैन भनेर एमाले नेता–कार्यकर्तामाथि आँखा लगाएको बताउँछन्। 'हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो। तपाईंलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ?', सामाजिक सञ्जालबाट उनले प्रश्न सोधेका छन्।

एमालेमा प्रचण्डले लक्षित गरेको बिउ १० बुँदे सहमतिपछि एमालेमा रहन तयार भएका नेताहरुको समूह हो। नेकपाभित्रको विवादको समयमा एक पक्षको नेतृत्व गरेका प्रचण्ड र माधवकुमार नेपाललाई ती नेताहरुले साथ दिएका थिए। नेकपा विभाजनपछि त माओवादी केन्द्रका मुख्य नेताहरु उतै लागे। एमाले विभाजनका बेलामा भने उनीहरु नेपालतिर लागेनन्, एमालेमै रहे। ती नेताहरुले आफूलाई पनि दुःख दिने ओलीको आंकलन थियो। त्यसैले उनीहरुप्रति लक्षित गर्दै ओलीले 'पिलो निचोरिए पनि खिल बाँकी रहेको' भनेका थिए। त्यही 'खिल'ले नै बिउको काम गर्ने प्रचण्डको अपेक्षा हुनसक्छ।

विभाजनमा नलागेका नेतालाई लक्षित गर्दै ओलीले भने- पिलो निचोरियो भनेको खिल बाँकी नै रहने भयो

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

 

विभाजनमा नलागेका नेतालाई लक्षित गर्दै ओलीले भने- पिलो निचोरियो भनेको खिल बाँकी नै रहने भयोबिहीबार, भदौ ३, २०७८

तर, प्रचण्डले चर्चा गरेका बिउ अब नउम्रिने एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको टिप्पणी छ। 'माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड सीपीको बिउ, कमरेड फलानाको बिउ, अब यी बिउहरु उम्रन्नन्। यी नउम्रने बिउहरु हुन्', भूसालले बिहीबारै एउटा कार्यक्रमबाट प्रचण्डलाई सम्झाएका थिए।

स्थानीय तहको निर्वाचनअघि देखि नै मुखर रुपमा वाम गठबन्धन वा एकताको पक्षमा उभिएका भूसालले पुरानो बिउ छाडेर हाइब्रिड बनाउनुपर्ने बताएका छन्। उनको भनाइको सार स्पष्ट छ- नयाँ सूत्रमा, नयाँ विश्वासमा, नयाँ प्रतिबद्धतामा मात्रै वाम गठबन्धन/एकता हुनसक्छ।

'नेकपा एउटा हाइब्रिड थियो। विभिन्न सिड (बिउ)हरुबाट संकलन गरेर हाइब्रिड बनाएका थियौँ। हाम्रो बुद्धि पुगेन र बिउको भकारीमै आगो लगायौँ। बिउहरु सुरक्षित छन्। यी बिउहरुलाई फेरि हाइब्रिड बनाउनुपर्छ। जहाँ त्यहाँ नेकपा माओवादी, नेकपा एमाले, समाजवादी वा अर्का कुनै पनि चिज रहने छैन। नेकपा रहनेछ। कम्युनिस्ट रहनेछ। कम्युनिस्ट पार्टी रहनेछ। एकीकृत कम्युनिस्ट पार्टी रहनेछ', भूसालको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्