नयाँ दिल्ली (एजेन्सी)– दश कक्षा मात्र पढेकी मिनाक्षी जैनले भारतको सबैभन्दा ठूलो रियालिटी सो ‘कौन बनेगा करोडपति’ मा ५० लाख भारु जित्न सफल भएकी छिन्। निकै आत्मविश्वासका साथ प्रस्तुत भएकी मिनाक्षीले भारतमा पुरुषहरुलाई बढी महत्व दिने कारण आफूले थप अध्ययन गर्न नपाएको बताइन्।
उनले आफ्नो अध्ययन १० कक्षासम्म सिमित भए पनि निकै मेहनत गरेर अंग्रेजी बोल्न जानेको बताइन्।
बलिउड नायक अमिताभ बच्चनले सञ्चालन गर्ने यो कार्यक्रममा ५० लाख जितेपछि उनले भावुक बन्दै आफ्नो बुवालाई भनिन्, ‘भारतमा छोरालाई मात्र सबै कुरामा लायक मानिन्छ। म चाहन्छु, तपाईको अन्त्येष्टीमा मुखमा दागबत्ति हाल्ने अधिकार मलाई दिनुहोस।’ उनी महाराष्ट्र निवासी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।