सिमकाेट-हुम्लामा लगातार वर्षाका कारण नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन्। उडान बन्द हुँदा सदरमुकाम सिमकोटमा पसलहरुमा उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ।
पाइप, सिमेन्ट, छडजस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ। स्थानीय बासिन्दा महंगीमा परेको कृषक परेकबहादुर रोकायाले बताए। उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।