काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजाललाई नियुक्त गरिएको जनाएको हो।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्ति गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।