काठमाडौं– कास्कीका दुई स्थान लुम्ले र जुमलेटीमा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यी दुई क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा भएको छ। उक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
जुम्लेटीमा १३६.५ मिलिमिटर र लुम्लेमा १२२.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाले आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।
कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ।
आइतबार त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ।
अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परिसकेका छन्। डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।