इनरुवा–सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएका बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।
चार जना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकाराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ। गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेका छन्। खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।