काठमाडौं– शनिबार सरकारले कर कटौती गर्दै पेट्रोलियम पदार्थमा मूल्य घटाउन गरेको निर्णय नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको छ।
पछिल्लो समय महंगीले जनतालाई परेको समस्या समाधानका लागि सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर कटौती गरेको थियो।
उक्त निर्णयपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। नयाँ मूल्य सूचीअनुसार १९९ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अब १७९ तोकिएको छ। यस्तै १९२ रुपैयाँ रहेको डिजेलको नयाँ मूल्य १६३ तोकिएको छ।
सरकारले शनिबार पेट्रोल प्रतिलिटरमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कर कटौती गरेको थियो। सोही अनुसार आयल निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।