• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन गर्नुअघि ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए: वामदेव गौतम

64x64
नेपाल लाइभ शनिबार, असार ११, २०७९  ११:४१
1140x725

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रतिनिधि सभा विघटनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रस्ताव राखेको बताएका छन्।

एकता अभियानको राष्ट्रिय भेलामा शनिबार सम्बोधन गर्दै गौतमले २०७७ पुस ४ गते तत्कालीन नेकपाका दुई अध्यक्षबीच प्रचण्ड निवास खुमलटारमा भएको संवादको स्मरण गरेका हुन्। पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुअघि ओली प्रचण्ड निवास पुगेका थिए। प्रचण्डको निम्तोमा गौतम पनि त्यहीँ पुगेका थिए।

गौतमका अनुसार ओलीले प्रचण्डसमक्ष 'म पार्टी एकताको निम्ति त्याग गर्न र पार्टी एकता जोगाऔँ भन्न आएको हुँ' भनेका थिए। तर, त्यसका लागि केही सर्त राखेका थिए। ओलीलाई उद्धृत गर्दै गौतमले भने, 'तपाईंहरुले मेरो विरुद्ध पार्टीभित्र जे जस्तो विचारहरु राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईटा पदमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो। म एउटा पद छोड्न तयार भएर आएको छु। तर मैले भनेको व्यक्तिलाई तपाईंहरुले प्रधानमन्त्री बनाउनुपर्छ।'

ओलीले व्यक्ति नै तोकेर प्रधानमन्त्री प्रस्ताव गरेका थिए वा थिएनन् भन्नेचाहिँ गौतमले खुलाएनन्। तर, त्यस्तो व्यक्तिलाई निर्वाचनमा जिताउनका लागि सम्बन्धित निर्वाचित क्षेत्रका व्यक्तिलाई राष्ट्रिय सभामा ल्याउने र त्यहाँ निर्वाचन गराएर प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेको गौतमको भनाइ छ। 

जसका कारण ओलीले गौतमलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् कि भन्ने आकलन भने गर्न सकिन्छ। किनकि, ओली निकटका अन्य व्यक्ति प्रतिनिधि सभा सदस्य नै थिए, उनीहरुमध्ये कसैलाई सहजै प्रधानमन्त्री बनाउन सकिन्थ्यो। राष्ट्रिय सभा सदस्य रहेका गौतमलाई भने सहज थिएन। गौतमलाई प्रधानमन्त्री बनाउने भनेर त्यसअघि पनि चर्चा भइरहेको थियो।

Ncell 2
Ncell 2

'अहिले भर्खरै जाऊँ। सचिवालयको बैठक बसौँ। भोलि बिहान स्थायी कमिटी बैठक बसौँ। र पत्रकार सम्मेलन गरेर हामीले गरेको निर्णय घोषणा गरौँ', ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने।

ओलीले आफूलाई लगाइएको आरोप पत्र फिर्ता लिन पनि भनेका थिए। त्यतिबेला प्रचण्डको नाममा ओलीप्रति असन्तुष्ट पक्षले १९ पृष्ठको प्रस्ताव सचिवालयमा पेस गरेका थिए। जसलाई ओलीले आरोप पत्र भन्दै आएका छन्। तर सो प्रस्ताव फिर्ता लिन आफूले पनि गरेको आग्रह प्रचण्डले नमानेको गौतमको भनाइ छ।

'आरोप पत्र फिर्ता लिन सक्दिनँ भनेर प्रचण्डले भन्नुभयो। यदि त्यसबेला फिर्ता लिएँ भनेको भए सायद पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने मलाई अहिले पनि लाग्छ', गौतमले भने।

त्यसदिन ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए। र, भोलिपल्ट (पुस ५) गते बिहानको मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टामै सदर गरिदिएकी थिइन्। त्यसविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७७ फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’ जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटन... मंगलबार, माघ २०, २०८२
पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं : रवि लामिछाने सामाजिक सञ्जालमार्फत लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताउँदै यसलाई रोकेर देखाउन पूराना दलहरूलाई चेतावनी समेत दिएका छन्... मंगलबार, माघ २०, २०८२
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित] कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्। मंगलबार, माघ २०, २०८२
ताजा समाचारसबै
म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो मंगलबार, माघ २०, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’ मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्