काठमाडौं- व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायाधीशसँग घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) अधिवक्तामाथि म्याद जारी गर्ने निर्णय गरेको छ।
बार काउन्सिलको अनुशासन समितिको बैठक पनि सोही क्रममा बसकेको थियो।
महान्यायाधीवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बसेको बैठकले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि अधिवक्ता रुद्र पोखरेलमाथि म्याद जारी गर्ने निर्णय गरेको हो।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो।
१० करोड धरौटीमा तामाङलाई धरौटीमा छाड्ने र त्यसबापत २ करोड लिने प्रस्ताव अधिवक्ता पोखरेलले गरेको अडियोमा सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।