जाजरकोट–जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ।
शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए।
घर्तीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।