complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

परराष्ट्र सम्बन्धको आधार : ‘वान विन्डो सिस्टम’

64x64
नेपाल लाइभ शनिबार, असार ४, २०७९  २०:४३
1140x725

काठमाडाैं-सदनदेखि सडक (आम नागरिक) सम्म हाल महत्वपूर्ण बहसको विषय बनेको छ अमेरिकाको स्टेट प्रोग्राम पाटनरसीप (एसपीपी) । सन् २०१५ काे महाभूकम्पको समयमा प्रक्रियागत कार्य सुरु भएको भनिएको एसपीपीबारे वर्तमान समयमा १० बुँदे प्रस्तावको रुपमा सञ्चारमाध्यामबाट एउटा ‘डकुमेन्ट’ सार्वजनिक भएसँगै यसबारे थप चासो र चिन्ता बढ्दो छ।
 
मदन भण्डारी फाउन्डेशनले शनिबार राजधानीमा गरेको ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ विषयक अन्तरसंवादमा एसपीपीबारे राजनीतिज्ञ, पराष्ट्र मामलाका जानकार तथा प्राध्यापकहरूबीच गहिरो मन्थन भएको छ। नेपाल सन्तुलित परराष्ट्र नीति, असंलग्न राष्ट्र र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध मुलुक हो। संयुक्त राष्ट्रसंघको आह्वानमा बाहेक नेपाल कुनै पनि मुलुकको सैन्य गठबन्धनमा आवद्ध नहुने स्पष्ट नै छ।
 
नेपालको संविधान २०७२ को धारा ५१ राज्यको नीतिसम्बन्धी व्यवस्था छ । यसमा नेपालको सर्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयक्त राष्ट्रसंघकाे बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वाेपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख छ।
 
यो महत्वपूर्ण विषयमा ‘वान विण्डो सिष्टम’ कार्यान्वयन हुनु अति आवश्यक हुने परराष्ट्र मामलाका विज्ञहरू बताउँछन्। नेपालले उक्त नीति अबलम्बन गरिए पनि कार्यान्वयन हुन नसकेको बेला–बेलाका कूटनीतिक भ्रमण तथा कार्यक्रमहरूले देखाउँदै आएको छ।
 
उक्त अन्तरसंवादमा सहभागी नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, 'सन्तुलित सम्बन्ध कायम गरी कूटनीतिक अभ्यास गर्नुपर्छ, नेपाल शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न सक्दैन, सैन्य होस् या गैरसैन्य, मात्र विकास साझेदार हुन्छ।' उनले आन्तरिक राजनीतिक खपतका लागि बाह्य सम्बन्ध गिजोलिएको उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धमा राष्ट्रिय एकता कायम गर्न जरुरी रहेको औँल्याए। 

 त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा मृगेन्द्र कार्की हिजोको कुरामा एउटाले अर्काेलाई आक्षेप लगाउनुभन्दा समस्या समाधानमा एकाकार हुन जरुरी रहेकाे बताउँछन्। प्राध्यापक डा कार्की विगतमा पनि अमेरिकासँग गरिएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)लाई गिजोल्ने काम भएको र अहिले एसपीपी जुन अवस्थामा आइपुगेको छ, त्यो आन्तरिक व्यवस्थापनको समस्याको उपज भएको बताउछन्। 
 
 नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन पनि नेता ज्ञवालीको भनाइमा सहमत राख्छन्। उनले देशको भूराजनीति, आर्थिक, सामाजिक विषयमा ध्यान दिँदै स्वधिनता, स्वतन्त्रता र सार्वभौमसत्ता बचाउने गरी नीति अवम्बन गर्न जरुरी रहेको बताए। 
 
अन्तरसंवादमा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराएअनुसार एसपिपी सन् २०१५ अर्थात् विसं २०७२ मा संविधान बनाउने चरणकै क्रममा अघि बढेको हो । त्यस विषयमा नेपाली सेनाले रक्षा मन्त्रालयलाई पत्र पठायो । रक्षा मन्त्रालयले आफ्नो प्रतिनिधि पनि राखेर पठाउनु भनेर लेखेको देखिन्छ। उनले त्यसबेला परराष्ट्र वा कानुन मन्त्रालयसँग परामर्श गरेको नदेखिएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

 उनका विचारमा सहमति जनाउने माओवादी नेता वर्षमान पुन पनि उक्त पत्राचारदेखि नै त्रुटि गरिएको जिकिर गर्छन्। त्यसरी पत्राचार गर्ने आधिकारिक निकाय परराष्ट्र मन्त्रालय हो । वान विण्डो सिष्टमबाटै कूटनीतिक काम हुनुपर्नेमा उनको जोड छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 पूर्वमन्त्री पुन थप्छन्, 'जुनसुकै सरकार परिवर्तन होस्, संविधानले तोकेको नीतिभन्दा बाहिर कुनै पनि सरकार जानुहुन्न, गएको पाइएमा पार्टी, विज्ञ र नागरिकले खबरदारी गर्नैपर्छ।' उनले गठबन्धन र दलहरूसमेत त्यसमा संलग्न हुँदैनौँ भन्ने विषयमा स्पष्ट पारिसकेको समेत जानकारी दिए। नेता पुनले सो विषयमा संसदीय समितिले नै सरकारलाई कूटनीतिक माध्यमबाट यसमा सहभागी हुने छैनौँ भनेर अमेरिकी सरकारलाई पत्राचारका लागि निर्देशन भएको पनि जानकारी गराए।

यो घटनामा सेनासमेत मुछिन पुगेको देखिन्छ । नेपाली सेनाले वक्तव्य जारी गरी सरकारकै निर्देशनमा पत्राचार भएको जनाइसकेको छ। उसले सैन्य गठबन्धनका लागि नभई सहयोग साझेदारीका लागि भएको पनि सार्वजनिक गरेको छ। हुन पनि कतिपयले विपद्को साझेदारीका रूपमा अथ्र्याएका छन् भने कतिपयले सैन्य गठबन्धन नै हो भनी जिकिर गरेको पाइन्छ।
 
त्रिविका  प्राध्यापक डा मृगेन्द्र कार्कीले पहिले–पहिले दलहरूमाथि प्रश्न उठ्ने गरेकामा अब सेनामाथि पनि प्रश्न उठेकाले अब नयाँ परराष्ट्र नीतिको खाँचो औँल्याउछन्। मानवअधिकारकर्मी सुशील प्याकुरेलले एसपीपीको चर्चाका बीच फरक–फरक स्टेटमेन्ट आएकाले सत्य, तथ्य के हो भनेर राजनीतिक नेतृत्वले स्पष्ट पार्नुपर्ने माग गरे। 
 
 अर्का प्राध्यापक खड्ग केसीले एसपिपीको मामलामा कुनै न कुनै रूपमा सबै राजनीतिक दलको कमजोरी रहेको जिकिर गरे। अर्का पूर्वराजदुत नारद भारद्धाज अन्तर्राष्ट्रिय शक्तिले बिच्छ्याएको जालमा  नेपाल फस्ने गरेको र एसपीपी पनि त्यसैको उदाहरण भएको बताउछन्। सांसद विमला पौडेल राईले पहिलेको सरकारको पालामा प्रक्रिया थालेको नेपाली सेनाले नयाँ सरकार आएपछि किन जानकारी दिएन, त्यस विषयमा पनि गम्भीर हुन जरुरी रहेको बताइन्। यति महत्वपूर्ण कुरामा ‘वान विन्डो सिष्टम’ कायम गर्न उहाँले ध्यानाकर्षणसमेत गराइन्। रासस

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले  बागमती नगरपालिका–स्थित मिलनचोकबाट पक्राउ गरेक... बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गरेका हुन् । बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औं क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्