सुर्खेत– सुर्खेतमा ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोलामा ना ४ ख ९७३१ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोटको नलगाढ नगरपालिका–१२ का २४ वर्षीय मिलन गुरूङ हुन्।
भीम बहादुर ट्रकका चालक रहेको प्रहरीले जनाएको छ। दाङबाट सिमेन्ट र सरिया बोकेर जाजरकोटतर्फ जाँदै गरेको ट्रक शनिबार बिहान दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त ट्रकबाट प्रहरीले क्र्रेनको सहायताले मृतकको शव निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।