सांकेतिक तस्बिर
भरतपुर-पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। शनिबार बिहान ११ः३५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो।
पहिरो पन्छाएर साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।