काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको रकम भुक्तानीका विषयमा कार्यविधि बनेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कोरोना बीमा रकम कसरी भुक्तानी गर्ने भन्ने विषयमा कार्यविधि बनेको स्पष्ट पारे।
उनले अर्थमन्त्रालय, बीमा समिति र बीमा कम्पनीहरुले कार्यविधि बनाएकाले सोही अनुसार हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।