काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०का लागि सरकारले ल्याएको बजेटलाई निजी क्षेत्रले स्वागत गरेको दाबी गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन्। उनले करको दर हेरफेरलाई लिएर राजनीति भएको दाबी गरे।
करको दर अर्थमन्त्री आफैंले गर्ने नभई मन्त्रालयका कर्मचारीहरूले गर्ने भन्दै उनले आफू जवाफदेहि र जिम्मेवार रहेको बताएका छन्। बजेटमा करको दर परिवर्तन गर्ने कुरामा कसैलाई प्रवेश नदिइएको भन्दै मन्त्री शर्माले आफ्नो बचाउ गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।