काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको अनुदान सहयोगको आधारमा योजना निर्माण गर्ने प्रक्रिया अन्तर्गत रकम विनियोजन गरेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेट विनियोजनमा अर्थ मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको उत्तर दिँदै उनले सो जवाफ दिएका हुन्।
गत फागुनमा एमसीसीसँगको सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको थियो। त्यससँगै १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।