रुपन्देही– मानसिक सन्तुलन गुमाएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
असोज १५ गते साँझ ७ बजे मुसीकोट नगरपालिका–१ थामडाँडास्थित कोदोबारीमा अन्दाजी ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ५ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो। उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी गंगाबहादुर थापाले बताए।
पक्राउ पर्नेमा मुसीकोट नगरपालिका–१ ढाँडा निवासी १६ वर्षीय वुद्ध नेपाली, सोही उमेरका रेशम नेपाली, सुरेश नेपाली, वर्ष १८ का हरि खत्री र २४ वर्षीय धुर्व थापा छन्।
कोदोबारी ती महिलालाई बेहोस अवस्थामा भेटिएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानबाटै ती युवालाई पक्राउ गर्न सफल भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।