काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ।
प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरी बनाइएको उक्त विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले जानकारी दिए।
बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री रावलले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।