काठमाडौं– बुधबार देशभरका सातै प्रदेशले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गरिरहेका छन्। मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ।
बुधबार मधेश प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्षको बजेट पेस गरेका हुन्। प्रदेश सरकारले ल्याएको कूल बजेटमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजो विनियोजन गरिएको छ।
यस्तै सरकराले वित्तीय व्यवस्थापनतर्फ १६ करोड २६ लाख ५६ हजार २ सय रुपैयाँ छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।