काठमाडौं– प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ। बुधबार प्रदेश सभामा प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्रबहादुर आङ्बोले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
विनियोजित बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण अन्तर्गत ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तामा २ अर्ब रहेको उल्लेख छ।
प्रदेश सभामा प्रस्तुत उक्त बजेटको खर्च व्यहार्ने स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वितीय समानिकरण अनुदान ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ उल्लेख गरेको छ।
बाँकी अपुग नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख र वैदेशित अनुदानबाट २५ करोड ६८ लाख व्यहोर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।