काठमाडौं– मंगलबार नै २ हजारको विन्दुबाट तल झरेको सेयर बजारको ओरोलो यात्रा बुधबार पनि कायम रहेको छ। बुधबार सेयर बजार परिसूचक (नेप्से) २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा पुगेको छ।
ठूला कम्पनीहरुको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि बुधबार ४.६० अंकले घटेर ३७८.९० विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएका सबै समूहका उपसूचकहरु घटेका छन्। सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक २.५ प्रतिशतले घट्यो।
बुधबार २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भयो।
बुधबार सबैभन्दा बढी सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।
बुधबार सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ८.७६ प्रतिशत र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको सेयरमूल्य ८.२६ प्रतिशतले घट्यो।
कारोबार रकमको आधारमा आज सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।