काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर छलफल गरेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार बैंकका सीईओहरुलाई बोलाएर विभिन्न विषयमा छलफल गरेको एक बैंकरले जानकारी दिए।
राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकमा सीईओलाई बोलाएर तोकिएको समयमा एनपीएल, सीडी रेसीयो तोकिएको सीमामा ल्याउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले पुँजीकोष (बफर क्यापिटल) लगायतमा बैंकहरुले पालना गर्नु पर्ने वित्तीय लेखामान (फाइनान्सियल कम्प्लायन्स) बारे सचेत गराउँदै पालना नभए ऐन अनुसार कारबाहीमा पर्न सक्ने बारे सचेत गराएको राष्ट्र बैंक श्रोतले जानकारी दिएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई असार मसान्तसम्म कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।