फाइल तस्बिर
काठमाडौं- युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको छ।
युक्रेनी राष्ट्रपति म्लोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो। त्यस वार्ताका क्रममा उनीहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ।
युक्रेन राष्ट्रपति जेलिन्स्किीले ट्वीट गरेर दिएको जानकारीअनुसार उनी र क्यानाडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो।
रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले यहाँ प्रतिरक्षाका लागि सहयोग आवश्यक रहेको बताइएको छ।
यसअघि पनि क्यानाडाले युक्रेनलाई रक्षा सम्बन्धी सहयोग गर्दै आएको थियो। गत हप्तामात्र क्यानाडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।