• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हिन्दुत्व र फासीवादबीच गहिरो छ सम्बन्ध, तर अहिले बिर्सिन चाहन्छन् नेताहरू

रामचन्द्र गुहा शुक्रबार, असार ३, २०७९  ०७:१७
1140x725

काठमाडौं– गत महिना उत्तर प्रदेशको शारदा विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापकले आफ्ना विद्यार्थी सामु यो प्रश्न राखे, ‘के तपाईं फासीवाद वा नाजीवाद र दक्षिणपन्थी हिन्दू (हिन्दुत्व)बीच कुनै सम्बन्ध पाउनुहुन्छ? तर्कसंगत व्याख्या गर्नुहोस्।’

त्यही प्रश्नका कारण ती प्राध्यापकलाई विश्वविद्यालयको प्रशासनले बर्खास्त गर्‍यो। उनको प्रश्न देशको ‘महान राष्ट्रिय परिचय’को पूर्णरूपमा ‘प्रतिकूल’ रहेको र ‘सामाजिक द्वन्द्व फैलाउने सम्भावना बोकको’ आरोप लगाइएको थियो।

यो स्तम्भले त्यही प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछ, जुन शारदा विश्वविद्यालयका प्राध्यापकले सोधेका थिए र पछि त्यस प्रश्नमाथि प्रतिबन्ध लगाइएको थियो। म यसमा मेरो अधिकांश स्रोतहरू जस्तै, इटालियन इतिहासकार मार्जिया कसोलारी लगायतलाई प्रयोग गर्नेछु। त्यसमा पनि उनले सन् २००० मा ‘इकोनोमिक एण्ड पोलिटिकल विक्ली’ मा लेखेको ‘हिन्दुत्वज् फरेन टाइ–अप इन द १९३०’ शीर्षकको लेख र २० वर्षपछि उनले प्रकाशन गरेको पुस्तक ‘इन द स्याडो अफ द स्वस्तिकाः रिलेसनशिप बिटविन इन्डियन रेडिकल नेसनलिजम, इटालियन फासीजम एण्ड नाजिजम’मा आधारित रहनेछु।

कसोलोरीको काम अत्यन्तै ठूलो मात्रामा गरिएको अनुसन्धानमा आधारित छ। मुख्यगरी इटाली, भारत र बेलायतमा उनले अध्ययन गरेकी छिन्। विभिन्न भाषामा आधारित सामग्री उनको अध्ययनको प्राथमिकतामा छन्।

उनले उल्लेख गरेअनुसार सन् १९२० र १९३० को दशकमा मराठीका पत्रपत्रिकाहरूले इटालीमा भएको फासीवादको उदयलाई महत्वका साथ प्रस्तुत गरेका थिए, र मुख्यतः प्रशंसा गरेर। भारतमा यस्तै विचारधाराले पिछडिएको कृषिप्रधान देशलाई उदाउँदो औद्योगिक शक्तिमा रुपान्तरण गर्न सक्छ भन्ने उनीहरूको आशा थियो।

सैन्यवादमाथिको विश्वास
बेनिटो मुसोलिनी र फासीवादको उपायमाथि आधारित यी चमकधमकसहितका लेखहरू, जसमध्ये अधिकांशलाई कसोलोरीले उद्धृत पनि गरेका छन्, तिनलाई केबी हेडगेवार र एमएस गोलवाकर (जो राष्ट्रिय स्वयंसेवक संघका प्रख्यात नेता थिए) तथा भीडी सार्वकर र बीएस मून्ज (हिन्दू महासभाका नेताहरू) ले निकै राम्रोसँग अध्ययन गरेका थिए। उनीहरू चारै जनाको मातृ भाषा मराठी थियो।

त्यसैले कसोलोरीले लेखेजस्तै, ‘सन् १९२० को दशकको अन्त्यतिर, महाराष्ट्रमा फासीवादी शासक र मुसोलिनीका कैयौं समर्थकहरू थिए। हिन्दू राष्ट्रवादीलाई सबैभन्दा मन परेका फासीवादका पक्षहरू इटालीको समाजमा अव्यवस्थाबाट व्यवस्थामा भएको रुपान्तरण र त्यहाँको सैन्यकरण थियो। नितान्त बेलायती संस्थाको रुपमा हेरे यो लोकतन्त्र विरोधी व्यवस्थालाई लोकतन्त्रको सकरात्मक विकल्प मानिएको थियो।’

कसोलोरीको शोधमा एउटा महत्वपूर्ण नाम हो डा. बीएस मून्ज, हिन्दू दक्षिणपन्थीहरूका एक मुख्य विचारक। मुन्जले सन् १९३१ मा इटालीको भ्रमण गरेका थिए, जहाँ उनले फासीवादी शासन व्यवस्थाका धेरै समर्थकहरू भेटे। उनलाई बेनिटो मुसोलिनी र उनको विचारधारा र युवापुस्ताको आत्मामा सैन्यकरणको भावना जगाउने कुराले निकै प्रभावित गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै आग्रहमा मुन्जले मुसोलिनीलाई पनि भेट्न पाएका थिए। जब उनले भारतबाट आएका एक आगन्तुकलाई ‘फासीवादी युवा संगठनहरूबारे कस्तो धारणा छ?’ भनेर सोधे, मुन्जले जवाफमा भने, ‘महामहिम, म निकै प्रभावित भएँ। हरेक हुर्किरहेको र आकांक्षी राष्ट्रलाई यस्तो संगठन चाहिन्छ। भारतमा त्यहाँको सैन्यकरणको पुनर्जन्मका लागि यसको धेरै आवश्यकता छ।’

फासीवादी तानाशाहसँगको आफ्नो संवादबाट मुन्ज सम्झिन्छन्, ‘त्यसरी युरोपका एक महान् मान्छे महामहिम मुसोलिनीसँगको मेरो अन्तर्वार्ता सकियो। उनी अग्ला छन्, जसको विशाल अनुहार र दुई वटा चिउँडो र ठूलो छाती छ। उनको अनुहारले नै उनी बलियो चाहना र शक्तिशाली व्यक्तित्व भएको देखाउँछ। मैले देखेको कुरा इटालियनहरू उनलाई प्रेम गर्छन्।’

मुन्ज मुसोलिनीको व्यक्तित्वले चकित र चिरस्थायी युद्धको महिमा तथा शान्ति र मेलमिलापको लागि अवहेलनासहितको उनको विचारधाराले प्रभावित भएका थिए। इटालियन तानाशाहको स्वीकृतिसहित उनले उद्धृत गर्दै भनेका छन्, ‘युद्धले नै मानिसमा भएको शक्तिलाई उच्च विन्दुमा पु¥याउँछ र कुलिनताको छाप ती मान्छेहरूमाथि लगाइदिन्छ, जसले यसलाई भेट्न सक्छन्।’

र यो पनि उद्धृत गरेका छन्, ‘फासीवादले न चिरस्थायी शान्तिको सम्भावनामा विश्वास गर्छ, न त यसको उपयोगितामा। त्यसैले यसले शान्तिवादको सिद्धान्तलाई बहिस्कार गर्छ, जुन संघर्षको त्यागबाट जन्मिएको हो र त्यागको सट्टा कायरताको कार्य हो।’

Xtrem

Xtrem

मुन्ज आरएसएसका संस्थापक केबी हेडगेवारका सल्लाहकार थिए। नागपुरमा युवा विद्यार्थी हुँदा हेडगेवार मुन्जको घरमा बस्थे। मुन्जले नै उनलाई कलकत्तामा चिकित्साशिक्षा अध्ययन गर्न पठाएका थिए।

उनको इटालीको यात्रापछि मुन्ज र हेडगेवारले हिन्दू महासभा र आरएसएसलाई सँगै समन्वयमा ल्याउन निकै गृहकार्य गरेका थिए। कसोलोरीले भनेअनुसार सन् १९३४ को जनवरीमा हेडगेवारले फासीवाद र मुसोलिनीमाथि एउटा सम्मेलन राखेका थिए, जसमा मुन्जले प्रमुखमध्ये एक भाषण दिएका थिए।

हिन्दूवादको मानकीकरण
सन् १९३४ मार्चमा मुन्ज, हेडगेवर र उनीहरूका सहकर्मीहरूले एउटा लामो भेटवार्ता गरे, जसमा मुन्जले भने, ‘मैले एउटा यस्तो बाटो भेटेको छु, जुन हिन्दू धर्मशास्त्रमा आधारित रहेर भारतभर नै हिन्दूवादको मानककीकरण गर्नमा साथ दिन्छ। तर मुख्य कुरा, यसलाई कार्यान्वयनमा ल्याउन तबसम्म सकिँदैन जबसम्म आफ्नै हिन्दू स्वराज हुँदैन। जस्तो तानाशाह शिभाजीको हिजोको दिनमा थियो वा मुसोलिनी र हिटलरको आजको दिनमा इटाली वा जर्मनीमा छ। तर, यसको अर्थ हामी त्यस्तो तानाशाहको भारतमा उदय नुहुँदासम्म हात बाँधेर बस्नुपर्छ भन्ने होइन। हामीले एउटा वैज्ञानिक उपाय खोजेर त्यसका लागि प्रोपोगान्डा निर्माण गर्नुपर्छ।’
कसोलोरीले उल्लेख गरेकी छिन्, ‘आरएसएसमा भर्ती गराउने प्रक्रिया इटालीको बलिल्ला युवा संगठनकै जस्तो थियो। यसका सदस्यहरूलाई उनीहरूको उमेरअनुसार समूहमा छुट्याइएको थियो। तिनमा ६–७ देखि १०, १० देखि १४, १४ देखि २८ र २८ देखि थप उमेरका थिए। यो फासीवादी युवा संगठनका परम्परागत संगठनको उमेर समूहसँग मिल्थ्यो। वंशाणुगत रुपमा भएको आरएसएसका सदस्यहरूको वर्गीकरण संगठनको निर्माणपछि भयो र यो फाँसीवादबाट पनि व्युत्पन्न भएको सम्भावना थियो।’

करोलोसीले सन् १९३३ मा प्रहरी रहेका एक अधिकारीको भनाइ उद्धृत गरेकी छिन्, जसमा भनिएको छ, ‘बढाइचढाइ नगरी भन्दा संघको आशा भविष्यमा भारतमा इटालीमा ‘फासीस्ट’ र जर्मनीमा ‘नाजी’ भएजस्तै हुने थियो। त्यो संघ मुख्यगरी मुस्लिम विरोधी संगठन थियो, जसको महत्त्व देशमा हिन्दू शासन ल्याउनु मात्रै थियो।’

कसोलोरीको शोधमा सभारकरको विश्वदृष्टिमाथि पनि केही रोचक तथ्यहरू उद्घाटित गरिएको छ। उनी लेख्छिन्, ‘करिब १९३८ तिर हिन्दू महासभामा बढी उद्धृत हुने सन्दर्भ नै जर्मनीको नाजी थियो, जतिबेला सभारकर अध्यक्ष थिए। जर्मनीको जात केन्द्रित ‘अतिवादी’ नीतिहरूलाई भारतमा ‘मुस्लिम समस्या’ समाधान गर्ने मोडलको रुपमा लिएर अनुशरण गर्ने सोच थियो।’

सभारकरले भनेकामध्ये कसोलोरीले उद्धृत गरेका केही भनाइ यस्ता थिए–

‘जर्मनीसँग नाजीवाद र इटालीसँग फासीवादलाई अनुशरण गर्ने अधिकार छ र त्यहाँ भएका घटनाहरूले पनि यी वाद र सरकारको यो व्यवस्था त्यहाँको अवस्थामा फाइदाजनक र आवश्यक भएको देखाएका छन्।’

‘राष्ट्रवाद साधारण भौगोलिक क्षेत्रमा धर्म, विचार, भाषा र संस्कारमा जस्तो धेरै आधारित हुँदैन। यही कारण जर्मन र यहुदीहरूलाई राष्ट्र मान्न सकिदैन।’
‘जर्मनीमा जर्मनहरूले चालेको अभियान राष्ट्रवादी अभियान हो, तर यहुदीहरूले चालेको कदम साम्प्रदायिक हो।’

‘एउटा राष्ट्र त्यहाँ भएका बहुसंख्यकहरूले बन्छ। यहुदीहरूले जर्मनीमा के गरे? उनीहरू अल्पसंख्यक भएकाले उनीहरूलाई जर्मनीबाट खेदाइयो।’

‘भारतीय मुस्लिमहरू जर्मनीमा यहुदीहरूले जस्तै भारतभित्रका हिन्दूहरूमा भन्दा भारतबाहिरका मुस्लिमहरूमा आफूलाई र आफ्नो चासोलाई  पहिचान गर्न बढी झुकाव राख्छन्।’

निश्चय पनि सभारकर आजको भारतमा सत्तासिन रहेको हिन्दुत्वको दबदबाका लागि एउटा महत्त्वपूर्ण पात्र हुन्। कसोलोरीको पुस्तकमा अर्का हिन्दूवादी पात्र श्यामप्रसाद मुखर्जीका सन्दर्भहरू पनि छन्। अन्तरयुद्धको समयमा इटालीको सरकारले फाँसीवादप्रति सहानुभूति राख्ने भारतीय बुद्धिजीवी र राजनीतिज्ञहरूलाई उत्साहपूर्वक अघि लैजान खोजेको थियो।

उनीहरूको कामलाई थप अघि लगेका छन् ग्युसेप टुच्चीले, जो आफ्नो पुस्ताका प्रतिष्ठित विचारक र फासीवादका समर्थक थिए। टुच्ची निरन्तर मुन्जसँग सम्पर्कमा रहेका थिए। सन् १९३० को दशकमा उनी एसपी मुखर्जीसँग पनि सम्पर्कमा थिए, जो त्यतिबेला कलकत्ता विश्वविद्यालयका उपकुलपति थिए। उनी जनसंघ, जुन भारतीय जनता पार्टीको सुरुवात थियो, त्यसको संस्थापक बन्ने तयारीमा थिए। आफ्ना सल्लाहकार तथा फासीवादी दार्शनिक जिओभान्नी जेन्टायललाई लेखेको पत्रमा टुच्चीले मुखर्जीबारे भनेका छन्, ‘कलकत्तामा हाम्रा प्रमुख सहकर्ता।’

स्क्रोल डट इनमा प्रकाशित इतिहासकार गुहाको लेखको भावानुवाद

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१४ मिनेटमै फ्रान्सको ४ गोल
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्