काठमाडौं- मेक्सिकोमा प्रहरी कारबाहीमा परि कम्तिमा पनि १० जना बन्दुकधारीको ज्यान गएको छ। मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका हुन्।
सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए। त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए।
त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन्। त्यस कारबाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ। पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।