काठमाडौं- हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि, नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो।
यस कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो। यहि जेष्ठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो ।
बम्पर पुरस्कार बापत रु १० लाख नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेको कम्पनीले जनाएको छ। उनले उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन्।
यस योजना अन्तर्गत बजाजकोे बाईक खरिदगर्दा एकै जनाले पाँच पटकसम्म पुरस्कार जित्नसक्ने ब्यवस्था गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।