काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का जेनेरल म्यानेजर वृतान्त खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेट गरेका छन्।
आइतबार जेनेरल म्यानेजर खनालले शाहसँग भेटवार्ता गरेका हुन्।
भेटमा खनाल र शाहबीच महानगरमा क्रिकेट प्रवर्द्धन र आगामी काठमाडौं मेयर्स कपको प्रस्तावबारे छलफल भएको क्यानले जनाएको छ।
क्यानले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर मेयर्स कप क्रिकेट आयोजना गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।