काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मुल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि, अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार (जेठ २७ गते) तापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो।
तोलामा १५ रुपैयाँ बढेर आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।