काठमाडौं– जाल्पा लघुवित्तको पब्लिक डाइरेक्टरमा मनिष अर्याल निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न तेस्रो साधारणसभाबाट अर्याल निर्विरोध पब्लिक डाइरेक्टर भएका हुन्।
अर्याल चार्टर्ड एकाउन्टेन्ट हुन्। बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले केही समयअघि आईपीओ जारी गरेको थियो।
हालसम्म लाभांश नदिएको लघुवित्तले आगामी वर्ष बम्पर बोनस दिने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।