काठमाडौं– चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.२ प्रतिशतले बढेको छ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख मसान्तसम्म ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह भने १.६ प्रतिशतले कमी आएको केन्द्रीय बैंकले जनाएको छ।
वैशाख मसान्तसम्ममा ६ अर्ब ७६ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।