complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आईजी–एआईजी टकराव : बिदा बन्यो प्रतिष्ठाको लडाइँ!

64x64
नारायण अधिकारी शुक्रबार, जेठ २७, २०७९  १९:१८
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) बढुवा प्रकरणविरुद्ध मुद्दा लडेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल बिदा सकिए पनि हाजिर भएका छैनन्। 

वैशाख १९ गतेबाट एक महिनाको बिदा लिएर बढुवाविरुद्ध 'कानुनी लडाइ'मा लागेका एआईजी पोखरेलको वैशाख २४ गते बिदा सकिएको थियो। बिदा सकिने दिने एआईजी पोखरेलले थप १० दिन बिदा आवश्यक रहेको भन्दै 'निवेदन' लेखेर आईजी धीरजप्रताप सिंहसमक्ष पठाएका थिए।  तर, आईजी सिंहले पोखरेलको बिदा स्वीकृत गरेनन्। प्रदेश समन्वयजस्तो महत्वपूर्ण ठाउँमा जिम्मेवारी भएको र प्रदेशमा अहिले डीआईजी समेत नरहेको अवस्थामा समन्वयकारी भूमिका खेल्नुपर्ने व्यक्ति नै बिदा बस्न नमिल्ने भन्दै पोखरेलको बिदा अस्वीकृत गरिएको आईजी सिंहको सचिवालयले नेपाल लाइभलाई जानकारी दियो। 

एआईजी पोखरेलको बिदा अस्वीकृत मात्रै भएन, तत्कालै प्रहरी प्रधान कार्यालयले एआईजी पोखरेललाई बिदा अस्वीकृत भएको जानकारी गराउँदै हाजिर भएर काममा फर्कन भन्दै जानकारी समेत गरायो। नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु कुमार केसी एआईजी पोखरेलको बिदा अस्वीकृत गरेर हाजिर भएर नियमित काममा फर्कन भन्ने जानकारी गराइएको बताउँछन्। 

प्रहरी प्रधान कार्यालयले बिदा अस्वीकृत गर्दै हाजिर हुन भने पनि पोखरेल भने काममा फर्किएका छैनन्। सिंहलाई आईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट सर्वोच्चबाट अन्तिम किनारा नलागेसम्म हाजिर भएर काममा फर्कने मुडमा पोखरेल छैनन्।

पोखरेलका एक कानुन व्यवसायीले अहिलकै अवस्थामा हाजिर हुनु उपयुक्त नहुने सल्लाह दिएपछि उनी हाजिर नहुने भएका हुन्। ‘जसको नेतृत्वलाई अस्वीकार गर्दै कानुनी लडाइ लडिएको छ, उक्त मुद्दा अहिले पनि विचाराधीन नै अवस्थामा छ। यस्तो अवस्थामा हाजिर भएर काममा फर्कने कुरा सम्भव हुँदैन,’ पोखरेलका एक कानुन व्यवसायीले नेपाल लाइभसँग भने। 

बिदाको विषयमा मुख्य गरी २ वटा कुरा बुझ्नुपर्ने ती कानुनव्यवसायीको भनाइ छ।  ‘यसअघि पोखरेलले १ महिना बिदा किन लिनुभयो, र किन स्वीकृत भयो भन्ने कुरा बुझ्नुपर्छ। एक महिना बिदा किन लिएको भन्दा आईजी बढुवालाई अस्वीकार गर्दै कानुनी लडाइ लड्नका लागि लिएको हो,’ उनले भने, ‘स्वीकृत गर्ने मान्छले पनि किन स्वीकृत गरेको भन्दा अन्याय परेकै हो, चुनावको मुखमा भए पनि तिमीलाई म बिदा दिन्छु भनेर बिदा स्वीकृत गरेको हो। नत्र भने बिना कारण बिदा स्वीकृत हुँदैन।’

कि राजीनामा दिनु पर्‍यो कि काममा फर्कनुपर्‍यो: पूर्वएआईजी भण्डारी

एक पक्ष बिदा माग्ने, तर अर्को पक्ष बिदा नदिने स्थिति अहिले प्रहरीमा देखिएको छ। त्यसको असर समग्र संगठनकै 'चेन अफ कमाण्ड'मा पर्ने प्रहरीका पूर्व अधिकारीहरुको चिन्ता छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी बिदा अस्वीकृत भएपछि काममा फर्किनुपर्ने बताउँछन्। काममा नफर्किने हो भने राजीनामा दिएर जानुपर्ने भण्डारीको तर्क छ। 

उनी भन्छन्, ‘बिदा अधिकार होइन, सुविधाको कुरो हो। अधिकारप्राप्त अधिकारीले कसैले म तँलाई यो सुविधा दिन्न भन्न त पाउँछ। त्यो भएपछि कि काममा फर्कनु पर्‍यो कि राजीनामा दिनु पर्‍यो। यो भन्दा अर्को विकल्प म देख्दिनँ।’

प्रहरी नियमावलीको नियम ९२ मा पनि बिदा अधिकारको कुरा नभएको उल्लेख गरेकाले बिदा अस्वीकृत हुनु नौलो नभएको उनको भनाइ छ।

पूर्वआईजी अर्याल भन्छन्– जलाई अस्वीकार गरेर मुद्दा लड्यो उसैले काममा फर्क भन्न मिल्दैन 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन संयुक्त सरकारले तेस्रो वरियतामा रहेका डीआईजी जयबहादुरर चन्दलाई २०७३ फागुन १ गते प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। 

सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन १ गते नै अर्का डीआईजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीले अल्पकालीन अन्तरिम आदेश दिँदै सरकारको निर्णय कार्यान्वन नगराउन आदेश दिएको थियो। 

त्यसपछि प्रहरी अस्पतालका प्राविधिक एआईजी डा दिनेशचन्द्र थपलियालाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको थियो। 

चैत ८ गते सर्वोच्चले चन्दलाई आईजीपी बनाउने निर्णय बदर गरेको थियो। वरिष्ठता, ज्येष्ठता, कार्य सम्पादन मूल्यांकनको आधारमा आईजी बनाउन सर्वोच्चले आदेश दिएको थियो। 

सर्वोच्चको आदेशपछि सरकारले चैत २८ गते कार्यसम्पादन र वरियतामा अघि रहेका प्रकाश अर्याललाई आईजी बनायो। अर्याल आईजी भएपछि उनीविरुद्ध पनि सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। अर्यालभन्दा कार्यसम्पादनमा आफू अघि रहेको उनको जिकिर थियो। उक्त मुद्दामा पनि सर्वोच्च फैसला गर्दै अर्याल नै कार्यसम्पादनमा अघि रहेको बताएपछि २०७४ भदौ २७ गते सिलवालले डीआईजी पदबाट राजीनाममा दिएका थिए।

अर्याललाई आईजी बनाउने निर्णयविरुद्ध मुद्दा लडेका सिलवाल त्यसबेला अर्यालबाटै बिदा स्वीकृत गराएर ५ महिनासम्म बिदा बसेका थिए। 

अहिलेको परिस्थिति पनि अर्याल र सिवालको बेलाको जस्तै बनेको छ। आईजी सिंहविरुद्ध एआईजी पोखरेल मुद्दा लडिरहेका छन्। एक महिनाको बिदा सकिएपछि आईजी सिंहबाटै बिदा स्वीकृत गराउनुपर्ने अवस्था आएको थियो। तर, सिंहले पोखरेलको बिदा स्वीकृत गरेनन्। 

यसबारे जिज्ञासा राख्दा पूर्व महानिरीक्षक अर्याल आफैंलाई अस्वीकार गरेर मुद्दा लडेको व्यक्तिलाई मेरो अण्डरमा आएर काम गर भनेर आफ्नो नैतिकताले नदिएकाले सिलवाललाई ५ महिना सम्मको लामो बिदा दिएको बताउँछन्। 

‘जो मलाई नै अस्वीकार गरेर मुद्दा लडेको छ। उक्त मुद्दा अदालतमा विचाराधीन छ। त्यस्तो अवस्थामा मैले नै मेरो अण्डरमा बसेर काम गर् भन्नु पूर्वाग्रही हुन्छ भन्ने लागेर मैले बिदा स्वीकृत गरिदिँए। त्यतिबेला उहाँ (सिलवाल)को दरबन्दी सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) जस्तो महतवपूर्ण ठाउँमा थियो,’ अर्यालले नेपाल लाइभसँग भने।

प्रतिष्ठाको लडाइँ बन्यो बिदा

बिदाको विषय अहिले आईजी सिंह र एआईजी पोखरेलबीच प्रतिष्ठाको लडाइ बनेको एक पूर्व सुरक्षा अधिकारीको बुझाइ छ। अब सर्वोच्चको मुद्दा के हुने भन्दा पनि 'हिजो आफूलाई सलाम हान्ने व्यक्तिलाई अहिले आफूले किन सलाम हान्ने अथवा हिजो मैले तिमीलाई सलाम हाने अब तिमीले मलाई हान्ने पालो आयो' भन्ने विषयसँग बिदा जोडिएको ती पूर्व अधिकारीको  भनाइ छ।

'पहिला सरकार र एआईजी पोखरेलबीचको लडाइ थियो। अहिले यो मुद्दामा बिदा पनि जोडिएपछि आईजी सिंह र एआईजी पोखरेल बीचको व्यक्तिगत लडाइ जस्तो देखिन्छ,' ती पूर्व सुरक्षा अधिकारी भन्छन्। 

बिदाको विषयलाई लिएर दुई जनाबीच व्यक्तिगत टकराव नै देखिएको ती अधिकारीको टिप्पणी छ। 'एउटा बिदा माग्ने, अर्को बिदा नदिने, त्यसपछि बिदा माग्ने व्यक्ति हाजिर नै नहुने, अवस्था अरु केही नभएर व्यक्तिगत टकरावजस्तो देखिएको छ,' उनी भन्छन्। 

अब के हुन्छ?

आफूभन्दा जुनियरलाई सरकारले आईजीमा बढुवा गरेको भन्दै त्यसविरुद्ध असन्तुष्टि जनाउँदै कानुनी उपचारमा लाग्न पोखरेलले गत १८ गते तत्कालीन आईजी शैलेश थापा क्षेत्रीबाट एक महिनाको बिदा स्वीकृत गराएका थिए।

एक महिनाको बिदा सकिएपछि पुनः माग भएको बिदा अस्वीकृत हुने, तर एआईजी पोखरेल हाजिर हुन नजाने भएपछि अब के हुन्छ भन्ने आमचासो छ। 

प्रहरी नियमावलीको नियम ८८ मा बिदासम्बन्धी व्यवस्था गरिएको छ।  बिदा स्वीृकत/अस्वीकृत भएको जानकारी सम्बन्धित कर्मचारीलाई दिनुपर्ने व्यवस्था उक्त नियममा गरिएको छ। पोखरेलको हकमा बिदा अस्वीकृत भएको जानकारी समेत दिइसकिएको छ। 

बिदा अस्वीकृत भएपनि ४५ दिनसम्म हाजिर नभएमा सेवाबाट बर्खास्तसम्म गर्न सकिने प्रावधान प्रहरी निमायवलीमा छ। एआईजी पोखरेल निरन्तर गयल हाजिर भएमा आउँदो साउन ९ गते ४५ दिन पुग्नेछ। त्यसपछि भने पोखरेललाई बर्खास्तसम्म गर्नका लागि कानुनी बाटो खुला हुन्छ। 

उमेर हदका लागि साउन २० गतेसम्म मात्रै सेवा अवधि रहेका पोखरेल गयल हाजिर भएको मितिले ४५ दिनसम्म पनि मुद्दाको किनारा नलागे राजीनामा पनि दिनसक्ने छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्