• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आईजी–एआईजी टकराव : बिदा बन्यो प्रतिष्ठाको लडाइँ!

64x64
नारायण अधिकारी शुक्रबार, जेठ २७, २०७९  १९:१८
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) बढुवा प्रकरणविरुद्ध मुद्दा लडेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल बिदा सकिए पनि हाजिर भएका छैनन्। 

वैशाख १९ गतेबाट एक महिनाको बिदा लिएर बढुवाविरुद्ध 'कानुनी लडाइ'मा लागेका एआईजी पोखरेलको वैशाख २४ गते बिदा सकिएको थियो। बिदा सकिने दिने एआईजी पोखरेलले थप १० दिन बिदा आवश्यक रहेको भन्दै 'निवेदन' लेखेर आईजी धीरजप्रताप सिंहसमक्ष पठाएका थिए।  तर, आईजी सिंहले पोखरेलको बिदा स्वीकृत गरेनन्। प्रदेश समन्वयजस्तो महत्वपूर्ण ठाउँमा जिम्मेवारी भएको र प्रदेशमा अहिले डीआईजी समेत नरहेको अवस्थामा समन्वयकारी भूमिका खेल्नुपर्ने व्यक्ति नै बिदा बस्न नमिल्ने भन्दै पोखरेलको बिदा अस्वीकृत गरिएको आईजी सिंहको सचिवालयले नेपाल लाइभलाई जानकारी दियो। 

एआईजी पोखरेलको बिदा अस्वीकृत मात्रै भएन, तत्कालै प्रहरी प्रधान कार्यालयले एआईजी पोखरेललाई बिदा अस्वीकृत भएको जानकारी गराउँदै हाजिर भएर काममा फर्कन भन्दै जानकारी समेत गरायो। नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु कुमार केसी एआईजी पोखरेलको बिदा अस्वीकृत गरेर हाजिर भएर नियमित काममा फर्कन भन्ने जानकारी गराइएको बताउँछन्। 

प्रहरी प्रधान कार्यालयले बिदा अस्वीकृत गर्दै हाजिर हुन भने पनि पोखरेल भने काममा फर्किएका छैनन्। सिंहलाई आईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट सर्वोच्चबाट अन्तिम किनारा नलागेसम्म हाजिर भएर काममा फर्कने मुडमा पोखरेल छैनन्।

पोखरेलका एक कानुन व्यवसायीले अहिलकै अवस्थामा हाजिर हुनु उपयुक्त नहुने सल्लाह दिएपछि उनी हाजिर नहुने भएका हुन्। ‘जसको नेतृत्वलाई अस्वीकार गर्दै कानुनी लडाइ लडिएको छ, उक्त मुद्दा अहिले पनि विचाराधीन नै अवस्थामा छ। यस्तो अवस्थामा हाजिर भएर काममा फर्कने कुरा सम्भव हुँदैन,’ पोखरेलका एक कानुन व्यवसायीले नेपाल लाइभसँग भने। 

बिदाको विषयमा मुख्य गरी २ वटा कुरा बुझ्नुपर्ने ती कानुनव्यवसायीको भनाइ छ।  ‘यसअघि पोखरेलले १ महिना बिदा किन लिनुभयो, र किन स्वीकृत भयो भन्ने कुरा बुझ्नुपर्छ। एक महिना बिदा किन लिएको भन्दा आईजी बढुवालाई अस्वीकार गर्दै कानुनी लडाइ लड्नका लागि लिएको हो,’ उनले भने, ‘स्वीकृत गर्ने मान्छले पनि किन स्वीकृत गरेको भन्दा अन्याय परेकै हो, चुनावको मुखमा भए पनि तिमीलाई म बिदा दिन्छु भनेर बिदा स्वीकृत गरेको हो। नत्र भने बिना कारण बिदा स्वीकृत हुँदैन।’

कि राजीनामा दिनु पर्‍यो कि काममा फर्कनुपर्‍यो: पूर्वएआईजी भण्डारी

एक पक्ष बिदा माग्ने, तर अर्को पक्ष बिदा नदिने स्थिति अहिले प्रहरीमा देखिएको छ। त्यसको असर समग्र संगठनकै 'चेन अफ कमाण्ड'मा पर्ने प्रहरीका पूर्व अधिकारीहरुको चिन्ता छ। 

Ncell 2
Ncell 2

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी बिदा अस्वीकृत भएपछि काममा फर्किनुपर्ने बताउँछन्। काममा नफर्किने हो भने राजीनामा दिएर जानुपर्ने भण्डारीको तर्क छ। 

उनी भन्छन्, ‘बिदा अधिकार होइन, सुविधाको कुरो हो। अधिकारप्राप्त अधिकारीले कसैले म तँलाई यो सुविधा दिन्न भन्न त पाउँछ। त्यो भएपछि कि काममा फर्कनु पर्‍यो कि राजीनामा दिनु पर्‍यो। यो भन्दा अर्को विकल्प म देख्दिनँ।’

प्रहरी नियमावलीको नियम ९२ मा पनि बिदा अधिकारको कुरा नभएको उल्लेख गरेकाले बिदा अस्वीकृत हुनु नौलो नभएको उनको भनाइ छ।

पूर्वआईजी अर्याल भन्छन्– जलाई अस्वीकार गरेर मुद्दा लड्यो उसैले काममा फर्क भन्न मिल्दैन 

कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन संयुक्त सरकारले तेस्रो वरियतामा रहेका डीआईजी जयबहादुरर चन्दलाई २०७३ फागुन १ गते प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। 

सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन १ गते नै अर्का डीआईजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीले अल्पकालीन अन्तरिम आदेश दिँदै सरकारको निर्णय कार्यान्वन नगराउन आदेश दिएको थियो। 

त्यसपछि प्रहरी अस्पतालका प्राविधिक एआईजी डा दिनेशचन्द्र थपलियालाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको थियो। 

चैत ८ गते सर्वोच्चले चन्दलाई आईजीपी बनाउने निर्णय बदर गरेको थियो। वरिष्ठता, ज्येष्ठता, कार्य सम्पादन मूल्यांकनको आधारमा आईजी बनाउन सर्वोच्चले आदेश दिएको थियो। 

सर्वोच्चको आदेशपछि सरकारले चैत २८ गते कार्यसम्पादन र वरियतामा अघि रहेका प्रकाश अर्याललाई आईजी बनायो। अर्याल आईजी भएपछि उनीविरुद्ध पनि सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। अर्यालभन्दा कार्यसम्पादनमा आफू अघि रहेको उनको जिकिर थियो। उक्त मुद्दामा पनि सर्वोच्च फैसला गर्दै अर्याल नै कार्यसम्पादनमा अघि रहेको बताएपछि २०७४ भदौ २७ गते सिलवालले डीआईजी पदबाट राजीनाममा दिएका थिए।

अर्याललाई आईजी बनाउने निर्णयविरुद्ध मुद्दा लडेका सिलवाल त्यसबेला अर्यालबाटै बिदा स्वीकृत गराएर ५ महिनासम्म बिदा बसेका थिए। 

अहिलेको परिस्थिति पनि अर्याल र सिवालको बेलाको जस्तै बनेको छ। आईजी सिंहविरुद्ध एआईजी पोखरेल मुद्दा लडिरहेका छन्। एक महिनाको बिदा सकिएपछि आईजी सिंहबाटै बिदा स्वीकृत गराउनुपर्ने अवस्था आएको थियो। तर, सिंहले पोखरेलको बिदा स्वीकृत गरेनन्। 

यसबारे जिज्ञासा राख्दा पूर्व महानिरीक्षक अर्याल आफैंलाई अस्वीकार गरेर मुद्दा लडेको व्यक्तिलाई मेरो अण्डरमा आएर काम गर भनेर आफ्नो नैतिकताले नदिएकाले सिलवाललाई ५ महिना सम्मको लामो बिदा दिएको बताउँछन्। 

‘जो मलाई नै अस्वीकार गरेर मुद्दा लडेको छ। उक्त मुद्दा अदालतमा विचाराधीन छ। त्यस्तो अवस्थामा मैले नै मेरो अण्डरमा बसेर काम गर् भन्नु पूर्वाग्रही हुन्छ भन्ने लागेर मैले बिदा स्वीकृत गरिदिँए। त्यतिबेला उहाँ (सिलवाल)को दरबन्दी सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) जस्तो महतवपूर्ण ठाउँमा थियो,’ अर्यालले नेपाल लाइभसँग भने।

प्रतिष्ठाको लडाइँ बन्यो बिदा

बिदाको विषय अहिले आईजी सिंह र एआईजी पोखरेलबीच प्रतिष्ठाको लडाइ बनेको एक पूर्व सुरक्षा अधिकारीको बुझाइ छ। अब सर्वोच्चको मुद्दा के हुने भन्दा पनि 'हिजो आफूलाई सलाम हान्ने व्यक्तिलाई अहिले आफूले किन सलाम हान्ने अथवा हिजो मैले तिमीलाई सलाम हाने अब तिमीले मलाई हान्ने पालो आयो' भन्ने विषयसँग बिदा जोडिएको ती पूर्व अधिकारीको  भनाइ छ।

'पहिला सरकार र एआईजी पोखरेलबीचको लडाइ थियो। अहिले यो मुद्दामा बिदा पनि जोडिएपछि आईजी सिंह र एआईजी पोखरेल बीचको व्यक्तिगत लडाइ जस्तो देखिन्छ,' ती पूर्व सुरक्षा अधिकारी भन्छन्। 

बिदाको विषयलाई लिएर दुई जनाबीच व्यक्तिगत टकराव नै देखिएको ती अधिकारीको टिप्पणी छ। 'एउटा बिदा माग्ने, अर्को बिदा नदिने, त्यसपछि बिदा माग्ने व्यक्ति हाजिर नै नहुने, अवस्था अरु केही नभएर व्यक्तिगत टकरावजस्तो देखिएको छ,' उनी भन्छन्। 

अब के हुन्छ?

आफूभन्दा जुनियरलाई सरकारले आईजीमा बढुवा गरेको भन्दै त्यसविरुद्ध असन्तुष्टि जनाउँदै कानुनी उपचारमा लाग्न पोखरेलले गत १८ गते तत्कालीन आईजी शैलेश थापा क्षेत्रीबाट एक महिनाको बिदा स्वीकृत गराएका थिए।

एक महिनाको बिदा सकिएपछि पुनः माग भएको बिदा अस्वीकृत हुने, तर एआईजी पोखरेल हाजिर हुन नजाने भएपछि अब के हुन्छ भन्ने आमचासो छ। 

प्रहरी नियमावलीको नियम ८८ मा बिदासम्बन्धी व्यवस्था गरिएको छ।  बिदा स्वीृकत/अस्वीकृत भएको जानकारी सम्बन्धित कर्मचारीलाई दिनुपर्ने व्यवस्था उक्त नियममा गरिएको छ। पोखरेलको हकमा बिदा अस्वीकृत भएको जानकारी समेत दिइसकिएको छ। 

बिदा अस्वीकृत भएपनि ४५ दिनसम्म हाजिर नभएमा सेवाबाट बर्खास्तसम्म गर्न सकिने प्रावधान प्रहरी निमायवलीमा छ। एआईजी पोखरेल निरन्तर गयल हाजिर भएमा आउँदो साउन ९ गते ४५ दिन पुग्नेछ। त्यसपछि भने पोखरेललाई बर्खास्तसम्म गर्नका लागि कानुनी बाटो खुला हुन्छ। 

उमेर हदका लागि साउन २० गतेसम्म मात्रै सेवा अवधि रहेका पोखरेल गयल हाजिर भएको मितिले ४५ दिनसम्म पनि मुद्दाको किनारा नलागे राजीनामा पनि दिनसक्ने छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
त्रिभुवन विमानस्थलबाटै गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय पक्राउ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्