Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

तिम्रो ज्यान त कस्तो खाइलाग्दो!

64x64
गोविन्द देवकोटा शनिबार, जेठ २८, २०७९  १३:०३
1140x725

जति खाए पनि मोटाउने कुनै छाँट देखिन्नँ। साँच्ची के भएको होला यार! मान्छेहरु पानी खाए नि ज्यान लाग्छ भन्छन्, एक म छु जो बिहान बेलुका दुई–दुई थाल भात खाँदा पनि शरीर मोटो हुँदैन। 

‘के खान्छौं, कहिल्यै मोटाउँदैनौं त?’ यो प्रश्नको सधैं सामना गरिरहनुपर्छ। अझ कतिले त जिस्केर ‘कपडा झुण्ड्याउने ह्यांगर’सम्म भन्न भ्याउँछन्।

‘म किन मोटाउन सक्दिँन?’ यही पीरले पनि होला, शरीरमा कहिल्यै तौल बढेन। गत चैतमा एउटा कार्यक्रममा सहभागी हुन पोखरा गएको थिएँ। धेरैपछि देशभरका चिनजानका साथीहरूसँग भेट भयो। नयाँ साथी पनि बने।

पुराना साथीबाट पुनः सोही प्रश्न दोहोरियो, ‘अझै उस्तै लुरे रैछस त?’

‘अरे यार दुःख गरेर बनाको स्लीम ज्यान हो नि!’ यही जवाफ दिएर चित्त बुझाएँ। 

दुई दिन कार्यक्रममै समय बित्यो। अन्तिम दिन सबै फर्किने तयारीमा थिए। म भने कसरी हुन्छ छिटो पुग्ने ध्याउन्नमा थिएँ। फ्लाइटमा आम् भने त्यति महँगो भाडा थिएन। त्यसैले ११ बजे नै गाडीमा यात्रा गर्ने निधो गरेँ। काठमाडौं आउने बसको टिकट काटेर मध्यतिरको सिटमा बसेँ। 

गाडीमा प्राय: यात्रा गर्दा मलाई निद्रा लाग्छ। निदाएर यात्रा गर्न मजा पनि आउँछ। त्यसैले कसैको डिस्टर्ब नहोस् भनेर मध्यतिरको सिट रोजेँ। पूरै सिट प्याक भएपछि गाडी गुड्यो काठमाडौंतिर। कहै घण्टाको दूरी पार गरेपछि दमौलीमा चालकले चिया खान गाडी रोके। त्यहाँबाट अगाडि बढ्दैगर्दा तीन जना यात्रु थपिए, अधबैंसे महिला, उनको बच्चा र एक जना वृद्ध। 

सहचालकले उनीहरूलाई गाडी त चढाए, तर बस्ने सिट थिएन। जसोतसो महिला र उनको बच्चालाई चालकले क्याबिनमा ‘एडजस्ट’ गरे। करिब ६५ वर्षजति उमेरका वृद्ध उभिनेमा परे।

Ncell 2
Ncell 2
nimb
nimb

‘सिट प्याक भएको गाडीमा यस्तो मान्छेलाई उभिनका लागि किन चढाएको?’ मैले सोधेँ। 

सहचालकले भने, ‘होइन सर लोकल मान्छे हुन्, एकछिनपछि झरिहाल्छन् नि!’

गाडीमा गीत बजिरहेको थियो, ‘बाल्गुङ बजारमा बागको शालिक।’ गीतको धुनमा म निदाउने कोशिश गर्दैथिएँ। सायद, अगाडि खाल्डो थियो क्यारे, गाडी झ्याप्प रोकियो। कोलियामा उभिएका वृद्ध लतारिँदै अघिल्लो सिटमा पुगे। टाउकोमा चोट पनि लाग्यो। तर, कसैले ती वृद्धको अवस्थाप्रति ध्यान दिएन। 

उनको त्यो सकसपूर्ण यात्रालाई सहज बनाइदिने सोँचे। जुरुक्क उठेँ, ‘बुवा यहाँ बस्नुस्। म उभिन्छु।’ 

Xtrem

Xtrem

उनी पनि हैरान भएका रहेछन्, खुरुक्क सिटमा बसे र अढेस लागे। कोलियामा उभिएर यात्रा मेरो पहिलो भने थिएन। कैयौं लामो दूरीको यात्रा उभिएरै गरेको छु। एक जिल्लादेखि अर्को जिल्लासम्म ट्रकको पछाडी बसेरै यात्रा गरेको अनुभव पनि छ। नजिकै त होला भनेर मैले मेरो सिट छोडेँ।

पछि सोध्दा त बूढा नौबिसे पो आउने रहेछन्। हुन त, मैले काठमाडौंदेखि नै नेपालगन्जसम्मको यात्रा उभिएर पनि गरेको छु। त्यसका अगाडि पोखरा–काठमाडौं त छोटै हो नि! तर, केही समयअघि मोटरसाइकल दुर्घटनामा मेरो ढाडमा चोट लागेको थियो। सोही कारण पनि लामो समय उभिरहन मेरा लागि सहज थिएन। 

एक घण्टाजति के उभिएको थिएँ, ढाड दुखेर मर्नु भयो। यताउता हेरेँ, बसमा बस्नका लागि मुढा पनि रहेनछ। घरि यता फर्किन्थे, घरी उता। हुँदा–हुदा अप्ठ्यारो बाटोमा बस हल्लिँदा रड समातेर शरीर नियन्त्रण गर्नसक्ने अवस्थामा रहेनछु। म उभिएको छेउकै सिटमा दुई जना महिला बसेका थिए। उमेर ४० माथिको हुँदो हो। तर, उनको जीउडाल भने भर्खर ३० कटेजस्तो देखिन्थ्यो। चम्किलो मुहार, पोटिला गाला अनि लिपस्टिकले रंगिएका राता ओठ। 

आफ्नो ढाड दुःखेर कम्ति सकस थिएन, कहाँ अरुको रुपरंग नियालिराख्नु र? उनले भने मलाई नियालिरहेकी रहिछन्। मेरो त्यो उकुसमुकुसलाई देखेर पनि होला, उनलार्ई अप्ठ्यारो भएछ सायद।

‘बाबु कि यति अप्ठ्यारो गरेर उभिएको? यतै छेउमा बस्नुस् न अलिक सजिलो होला कि!’ उनले आग्रह गरे पनि त्यो सिटमा मलाई अट्ने ठाउँ भने थिएन। दुवैजना भारी ज्यान भएका दिदीहरूले पूरै सिट ओगटिसकेका थिए।

‘केही छैन, दिदी एकछिन् पछि त कोही झरिहाल्लान् नि!’ भनेर उभिरहेँ। भन्न त भनिहालेँ, मलाई उभिन सहज भने थिएन। 

उनले कर गरेर बस्न अनुरोध गरिन्। अलिकति छेउतिर ठाउँ छाडेर दुवैजना सरे। दुईटै खुट्टा बाहिर फालेर ढाड उनीहरुतिर फर्काएँ। 
केही दूरीको यात्रापछि उनले भनिन्, ‘अहिले अलिक सहज भयो कि?’ 

मैले मुन्टो हल्लाउँदै सहमति जनाएँ। केहीबेरपछि फेरि उनी बोलिन्, ‘देख्नुभो त बाबु! पातलो ज्यान भएपछि जहाँ पनि एड्जस्ट भइन्छ।’ मलाई झट्ट याद आयो एकदिनअघि पोखरामा साथीहरुले मेरो शरीरलाई ह्यांगरको संज्ञा दिएका थिए। 

त्यो सकसपूर्ण यात्रामा पातलो भएकै कारण ठाउँ पाएकोमा भने केही मख्ख नै थिएँ। उनीहरू पनि काठमाडौंसम्मै आउने रहेछन्। 
‘कति पढ्नुहुन्छ बाबु?’ फेरि सोधिन्।

‘नाईं, पढाइ छाडेको धेरै भइसक्यो, अहिले काठमाडौंमा यसो भात खान पुग्ने जागिर गर्छु,’ मेरो जवाफ थियो। 

उनी र म एक अर्काबीच चीनजान गर्दैथियौं, उता छेउमा बसेकी अर्की दिदीले भनिन्, ‘ओहो! बाबुको ज्यान पनि कति खाइलाग्दो नै रहेछ!’

एकाएक म आश्चर्यमा परेँ। के भन्न खोजेकी होलिन् ति दिदीले? ‘के खाइलाग्दो हुनु होे, जति खाए नि मोटाइँदैन’ मैले जवाफ फर्काएँ। 

मेरो उत्तर पूरा हुनेबित्तिकै उनले फेरि सोधिहालिन्, ‘पातलो भएर के घाटा भएको छ र? यति राम्रो ज्यान छ, हेर्दा खेलाडीजस्तै देखिन्छौं। हामी हेर न मोटाएर के नै पाइएको छ र? झन् औषधिको पोको मात्रै बोकेर हिँड्नुपर्छ।’

म के भन्नु के नभन्नु भएर मुन्टो मात्रै हल्लाएँ। त्यसपछि दिदीले मोटो शरीर हुँदाको बेफाइदाबारे बेलिविस्तार लगाउन थालिन्। ‘उतिबेला दुब्लो थिएँ, माइतमा जाँदा जहिल्यै मोटाइन, खान पाइन न कि क्या हो भनेर सोधेरै हैरान पार्थे। तर, अहिले यस्ती मोटाएँ, औषधि खाइरहनुपर्छ। तिनै माइती अहिले एक्सरसाइज गर्नुपरो भन्छन्। बरु पातलो हुँदा औषधि त बोक्नुपर्थेन। म मात्रै भए त के हुन्थ्यो, मेरा बूढा पनि यस्तै हुनुहुन्छ। बरु खाना कम खानुहुन्छ होला, औषधि धेरै। सुगरले त हैरान नै पारेको छ।’ उनले बेलिबिस्तार लगाइन्।

ओहो मलाई मोटाइनँ भनेर पीर, कसैलाई किन मोटाएँ भन्ने पीर। यो समाजमा पनि मानिस अनेक थरीका हुँदा रहेछन्। मोटाउँदा पनि किन धेरै मोटाइस, यो त भएन भन्ने। दुब्लो हुँदा पनि  के साह्रो पातलो हौ खाना नै खाँदैनस् क्या हो? सोध्ने।

‘ज्यान त मोटै ठिक होइन र? कस्तो राम्रो देखिन्छ, हेर्नु त तपाईंलाई कति सुहाएको छ। मलाई त बजारमा खोज्दा कपडा पनि आफ्ना साइजका पाइँदैनन्। म त अलिकति भए पनि मोटाउनै चाहन्छु’, उनको कुरा काट्दै मैले भने। 

‘लौ के भनेको यस्तो, अहिले यति खाइलाग्दो ज्यान छ, हेर्दा कति चिटिकक्क देखिन्छ। पछि भ्यात्त भुँडी आएपछि थाहा हुन्छ। हाम्रा बुढाजस्तै डेली सुगरको औषधि बोकेर हिँड्नुपर्ला नि! बरु जिम जानुस् बाबु। जिम गएपछि भुँडी लाग्दैन। शरीर चाहिँ राम्रो देखिन्छ’, उनले सुझाव दिइन्। 

कुराकानी हुँदैगर्दा मुग्लिङ कटिसकेको रहेछ। एक रफ्तारमा गाडी कुदिरहेको थियो। भित्र हामी तीन जना एउटै सिटमा शरीरको विषयमा गफिँदै थियौं। अचानक बाहिर बड्याङ्ग आवाज आयो, बस झ्याप्प रोकियो। के भयो? कसैले सोध्दै थियो। ‘अघिल्लो टायर पड्कियो’, सहचालकले उत्तर दिए। धन्न किनारतिर परेन। नत्र हामी सिधै त्रिशूलीमा। 

अर्को टायर नै रहेनछ। अब चालकले हामीलाई अर्को गाडीमा पठाउने भए। झोलाबाहिर निकालेर सबै अर्को गाडीको पर्खाइमा बस्यौं। एकछिनपछि गाडी पनि आयो। तर, सबैलाई अटाउने सिट थिएन। त्यसैले केहीलाई एउटा र केहीलाई अर्को गाडीमा चढाउने निधो भयो। 

सँगै आएका दुई जना दिदी चाहि अघिल्लो गाडीमा चढे। म पछिल्लो गाडीमा। धन्न यसपटक भने पूरा सिट पाएँ। आरामले अढेस लागेँ। करिब–करिब अँध्यारो हुन लागिसकेको थियो। 

एकछिनको यात्रापछि तिनै दिदीहरुको कुरा सम्झिएँ। एकछिन त खाइलाग्दो ज्यान भनेर के भन्न खोजिकी होलिन् भन्ने कुतूहल पनि भयो। तर, उनको सबै कुरा मनन गर्दा बरु औषधिको झोला बोकेर हिँड्नुभन्दा त यतिकै ठीक छ भन्ने लाग्यो।

कसैले ह्यांगर देखेको जीउ कसैले खाइलाग्दो देख्दा रहेछन्। मान्छेको आ–आफ्नो नजरको कुरा न हो। बस एकनासले अघि बढिरह्यो। अहिले अर्को गीत बजिरहेको थियो एकनास, ‘साह्रै हेपी मुनाले, दुब्लो हुनाले!’

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्