काठमाडौं- सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य घटेको छ।
अघिल्लो दिनको तुलनामा शुक्रबार छापावाल सुन प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ७०० तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २६५ कायम रहेको महासङ्घले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।