काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ। निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।
योसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ।
एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ।
यसअघि अर्थमन्त्रालयको निर्णयबाट पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम प्रतिलिटर १० रुपैयाँले समायोजन गर्ने निर्णयअनुसार निगमले प्रतिलिटर १० रुपैयाँले घटाई पेट्रोल, डिजेल मट्टितेलको बिक्री मूल्य क्रमशः १७०, १५३ र १५३ कायम गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।