काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालू आर्थिक वर्षको हालसम्म १२०१ फर्ममाथि कारबाही गरेको छ। कारबाहीमा परेका फर्महरूबाट एक करोड ५० लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
विभागका निर्देशक लिलाप्रसाद शर्माले चालू आर्थिक वर्षको हालसम्म २७१३ फर्मममा अनुगमन गरी १२०१ फर्मबाट उक्त रकम जरिवाना संकलन गरेको र कैफियत देखिएका अन्य व्यापारिक फर्मलाई चेतावनी दिइएको जानकारी दिए।
जेठ महिनाको २५ गतेसमम मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र बैशाख महिनामा ३०२ फर्मको अनगुमन गर्दा १६ लाख ३५ हजार रुपैयाँ जरिवाना गरेको बताए।
यस्तै २०७८ चैत्र महिनामा विभिन्न १५१ फर्मको अनगुमन गदाए २१ लाख ४० हजार र फागुन मसान्तसम्म १९७९ फर्मको अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको शर्माले जानकारी दिए।
हाल विभागले अत्यावश्यकीय उपभोग्य वस्तुसहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्मलगायतका क्षेत्रमा अनुगमन केन्द्रित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।