• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

दिल्लीमा क्रिकेट सिकेका देव खनाललाई नेपालको ब्याटिङ धान्ने जिम्मा

64x64
दीप सुवेदी बिहीबार, जेठ २६, २०७९  २०:४२
1140x725

काठमाडौं– खेलको नियम नै हो, कोही बाहिरिनुको अर्थ कसैका लागि अवसर सिर्जना हुनु। सबथोक ठीक चल्ने हो भने युवा अलराउन्डर देव खनालले कहाँ मौका पाउथे र? 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले अमेरिकासँग बिहीबार पहिलो खेल खेल्दैछ। घाइते भएर ओपनिङ ब्याटर आसिफ शेख नखेल्ने निश्चित हुँदा र कुशल भुर्तेल पनि फिट नहुँदा देव खनालले मौका पाएका छन्।

देव खनालको एकदिवसीय अन्तराष्ट्रीय (ओडीआई) मा डेब्यु पनि त्यसरी नै भएको थियो, जतिबेला पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई टीममा राखिएको थिएन। गएको चैतमा कीर्तिपुरमा नै पपुवा न्यू गिनीविरुद्ध भएको श्रृङ्खलामा मल्ललाई पहिलो पटक ओडीआई टिमबाट हटाउँदा देवलाई राखिएको थियो। त्यहाँसम्म पुग्न देवले भारतबाट नेपाल आएर क्रिकेटमा निकै चाँडो फड्को मारेका थिए।

गत पुसमा यू–१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउँदा देव प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए। उक्त प्रतियोगितामा उनले उत्कृष्ट कप्तानी भूमिका निभाएका थिए। प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले सात खेलमा ४ अर्धशतकसहित कुल ३३४ रन बनाएका थिए।

त्यसपछि गत माघमा भएको प्रधानमन्त्री कपमा पनि उनले यही लयलाई निरन्तरता दिए। लुम्बिनी प्रदेशको सिनियर टोलीबाट नेपाल पुलिससँगको खेलमा डेब्यू गरेका उनले चार खेलमा १५८ रन बनाउँदै धेरै रन बनाउने ब्याटरको चौँथो स्थानमा रहे।

गत वर्षदेखि घरेलु क्रिकेटमा छाप छाड्दै आएका देवले नेपालमा क्रिकेट करिअर सुरु गरेको भने धेरै भएको छैन। वेस्टर्न क्रिकेट एकेडेमीबाट रुपन्देही सुपर लिग खेलेका उनी त्यसपछि जिल्ला, प्रदेश हुँदै प्रधानमन्त्री कप खेल्न लुम्बिनीको टोलीमा समावेश भएका थिए।

प्रधानमन्त्री कपमा देवले पुलिसविरुद्ध डेब्यू मात्र गरेनन्, नेपाली सिनियर खेलाडीले भरिभराउ टोलीविरुद्ध उत्कृष्ट प्रदर्शनसमेत गरे। डेब्यू खेलमै ७१ बलमा ७ चौकासहित ४९ रन बनाए। त्यसपछि मैदानभित्र र बाहिरबाट पाएको प्रतिकृयाले उनको मनोबल झनै बढायो। 

लुम्बिनीले पहिलो खेलमा प्रदेश २ विरुद्ध उनलाई खेलाएको थिएन। पहिलो खेलमा चौँथो नम्बरमा ब्याटिङ गरेका देवलाई लुम्बिनीले त्यसपछि ओपनिङमा ल्याएको थियो। अग्लो कदका देवको ब्याटिङ शैलीले धेरैलाई प्रभावित पार्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

ऋषभ पन्त खेल्ने एकेडेमीबाट सुरुवात
देवको जन्म दिल्लीमा भएको हो। अहिले उनी बुटवल बस्छन्। बुबा रामप्रसाद १५ वर्षको उमेरमै दिल्ली झरेका थिए। उतै देवको जन्म भयो। भारतमा क्रिकेट सिक्ने र खेल्नेका लागि विशेष माहोल हुन्छ। हर घर र हर गल्लीमा क्रिकेट हुन्छ। उनलाई पनि त्यही माहोलले छोयो। सानोमा दाजु रोशनसँग पार्कमा क्रिकेट खेल्दाखेल्दै उनी दिल्लीको आरपी क्रिकेट एकेडेमीमा भर्ना भए। 

यो पनि पढ्नुहोस्

अझै कप्तानी परीक्षामा सन्दीपबिहीबार, जेठ २६, २०७९

आरपी त्यही एकेडेमी थियो, जहाँ ऋषभ पन्तजस्ता चर्चित खेलाडी अभ्यास गर्न आउँथे। सानैदेखि भारतका ठूला क्रिकेटरलाई हेर्दै अघि बढेका देवले झण्डै चार वर्ष आरपी एकेडेमीमा बिताए।

सन् २०१६ मा नेपालमै घर बनाएपछि २०१७ मा उनी परिवारसँगै दिल्ली छाडेर वुटवलको जयकोटी बस्न थाले। सुविधा सम्पन्न एकेडेमीमा क्रिकेट खेल्दै हुर्किएका देवले नेपालमा संरचना र व्यवस्थापनको कमी देखे। तर, खेलाडीहरु राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन उच्चस्तरमा प्रतिस्पर्धा गरिरहेको उनलाई भान भयो।

छोटो समयमै राष्ट्रिय टोलीमा फड्को
करिब चार वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोली बनाउन ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो। देवले स्टार क्रिकेट एकेडेमीबाट आफ्नो कौशल देखाए। उनी ट्यालेन्ट हन्टबाट यू–१९ एसिया कपको लागि बन्द प्रशिक्षणमा प्रवेश गर्न सफल भए। तर, अन्तिम समयमा टोलीमा अटाउन सकेनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा देव चितवन टाइगर्समा आबद्ध थिए। भैरहवा ग्ल्याडियटर्सविरुद्ध डेब्यू गरेका उनले सम्झनालायक प्रदर्शन गर्न सकेनन्। यद्यपि, उनले यू–१९ प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा यू–१९ एसिया कपमा सहभागिता जनाउने मौका पाए।

यो पनि पढ्नुहोस्

सुवासको क्रिकेट यात्रा : आफ्नो चोटले टिमबाहिर, अरुको चोटले फेरि मौकाबिहीबार, जेठ २६, २०७९

गत पुसमा मलेसियामा आयोजना भएको प्रतियोगितामा नेपाली टोलीको नेतृत्व उनै देवको काँधमा थियो। फाइनल जित्ने लक्ष्यसहित मलेसिया उडेको टोलीले समूह चरण पार गर्नु त परै जाओस् कसैले कल्पनै नगरेको कुवेतसँग एक विकेटले हार्न पुग्यो। नेपाल तीन खेलमा जितविहीन हुँदै बाहिरियो। 

कुवेत, बंगलादेश र श्रीलंकासँग खेलेका उनले तीन खेलमा ४५ रन मात्रै बनाउन सके। यद्यपि, ब्याटिङमा फरक स्तर, सटिक सट छनोट र खेल्ने शैलीले उनी राष्ट्रिय टोलीमा समेटिए। गत चैत्रमा पपुवा न्यू गिनीसँग भएको पहिलो ओडीआई खेलमा उनले नेपाली सिनियर टोलीमा डेब्यू गर्ने मौका पाए। 

कप्तान सन्दीप लामिछानेबाट डेब्यू क्याप लिएका उनी पहिलो खेलमा चम्किन सकेनन्। ६ बल खेलेर शून्य रनमै पेभिलियन फर्किए। १ ओभर बलिङ गरेर ६ रन दिए। 

तर, समय सधैं खराब कहाँ हुन्छ र? उनले पपुवा न्यू गिनीसँगको दोस्रो खेलमा ‘जादूमय’ प्रदर्शन गरे। तेस्रो नम्बर ब्याटिङमा उत्रिएका उनले ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रन बनाए। तर, उनी जिम्बावे ‘ए’विरुद्धको ‘अनअफिसियल’ एकदिवसीय  श्रृङ्खलामा भने मैदान उत्रिन पाएनन्। मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टी२० मा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका रोहितकुमार पौडेललाई मौका दिँदा देव छायामा परे।

उमेर कलिलो भए पनि मैदानमा परिपक्क ब्याटिङ गर्दै आएका देव अहिले अन्तिम–११ मा स्थान बनाउन प्रयासरत छन्। नेपाली क्रिकेटको सबैभन्दा ठूलो र परम्परागत समस्या ओपनिङ ब्याटरकै छ। पछिल्लो आधा दशकमा सबैभन्दा बढी परिवर्तन ओपनिङ ब्याटिङमै भएको छ। पछिल्लो समय आसिफ शेख र कुशल भुर्तेललाई स्थायित्व दिन खोजे पनि उनीहरु चोटका कारण प्रतियोगिता खेल्ने या नखेल्ने भन्ने टुङ्गो लागिसकेको छैन। 

त्यसैले कुशल र आसिफको अनुपस्थितिमा देव वर्तमान समयमा ओपनरका उत्कृष्ट विकल्प हुन सक्छन्। उनको स्तर, जिम्मेवारी बोध गर्ने क्षमता र आत्माविश्वासले निरन्तरता पाउने हो भने सिनियर टोलीमा उनलाई नराख्नुको विकल्प हुँदैन। उनी ओपनिङ वा तेस्रो नम्बरमा खेल्न सक्छन्। जुन स्थानमा खेले पनि अब नेपालको ब्याटिङको माथिल्लो क्रम धान्ने जिम्मेवारीमा छन् देव खनाल।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न २ बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली काठमाडौं आइपुगेका... शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको थियो । बिक्री खुला भएको ३० मिनेटमै उद्घाटन दिनका सबै टिकट सोल्ड आउट... शुक्रबार, कात्तिक ६, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा ३० वर्षीय ओपनर फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र १३ अर्धशतक... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्