• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

दिल्लीमा क्रिकेट सिकेका देव खनाललाई नेपालको ब्याटिङ धान्ने जिम्मा

64x64
दीप सुवेदी बिहीबार, जेठ २६, २०७९  २०:४२
1140x725

काठमाडौं– खेलको नियम नै हो, कोही बाहिरिनुको अर्थ कसैका लागि अवसर सिर्जना हुनु। सबथोक ठीक चल्ने हो भने युवा अलराउन्डर देव खनालले कहाँ मौका पाउथे र? 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले अमेरिकासँग बिहीबार पहिलो खेल खेल्दैछ। घाइते भएर ओपनिङ ब्याटर आसिफ शेख नखेल्ने निश्चित हुँदा र कुशल भुर्तेल पनि फिट नहुँदा देव खनालले मौका पाएका छन्।

देव खनालको एकदिवसीय अन्तराष्ट्रीय (ओडीआई) मा डेब्यु पनि त्यसरी नै भएको थियो, जतिबेला पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई टीममा राखिएको थिएन। गएको चैतमा कीर्तिपुरमा नै पपुवा न्यू गिनीविरुद्ध भएको श्रृङ्खलामा मल्ललाई पहिलो पटक ओडीआई टिमबाट हटाउँदा देवलाई राखिएको थियो। त्यहाँसम्म पुग्न देवले भारतबाट नेपाल आएर क्रिकेटमा निकै चाँडो फड्को मारेका थिए।

गत पुसमा यू–१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउँदा देव प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए। उक्त प्रतियोगितामा उनले उत्कृष्ट कप्तानी भूमिका निभाएका थिए। प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले सात खेलमा ४ अर्धशतकसहित कुल ३३४ रन बनाएका थिए।

त्यसपछि गत माघमा भएको प्रधानमन्त्री कपमा पनि उनले यही लयलाई निरन्तरता दिए। लुम्बिनी प्रदेशको सिनियर टोलीबाट नेपाल पुलिससँगको खेलमा डेब्यू गरेका उनले चार खेलमा १५८ रन बनाउँदै धेरै रन बनाउने ब्याटरको चौँथो स्थानमा रहे।

गत वर्षदेखि घरेलु क्रिकेटमा छाप छाड्दै आएका देवले नेपालमा क्रिकेट करिअर सुरु गरेको भने धेरै भएको छैन। वेस्टर्न क्रिकेट एकेडेमीबाट रुपन्देही सुपर लिग खेलेका उनी त्यसपछि जिल्ला, प्रदेश हुँदै प्रधानमन्त्री कप खेल्न लुम्बिनीको टोलीमा समावेश भएका थिए।

प्रधानमन्त्री कपमा देवले पुलिसविरुद्ध डेब्यू मात्र गरेनन्, नेपाली सिनियर खेलाडीले भरिभराउ टोलीविरुद्ध उत्कृष्ट प्रदर्शनसमेत गरे। डेब्यू खेलमै ७१ बलमा ७ चौकासहित ४९ रन बनाए। त्यसपछि मैदानभित्र र बाहिरबाट पाएको प्रतिकृयाले उनको मनोबल झनै बढायो। 

लुम्बिनीले पहिलो खेलमा प्रदेश २ विरुद्ध उनलाई खेलाएको थिएन। पहिलो खेलमा चौँथो नम्बरमा ब्याटिङ गरेका देवलाई लुम्बिनीले त्यसपछि ओपनिङमा ल्याएको थियो। अग्लो कदका देवको ब्याटिङ शैलीले धेरैलाई प्रभावित पार्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

ऋषभ पन्त खेल्ने एकेडेमीबाट सुरुवात
देवको जन्म दिल्लीमा भएको हो। अहिले उनी बुटवल बस्छन्। बुबा रामप्रसाद १५ वर्षको उमेरमै दिल्ली झरेका थिए। उतै देवको जन्म भयो। भारतमा क्रिकेट सिक्ने र खेल्नेका लागि विशेष माहोल हुन्छ। हर घर र हर गल्लीमा क्रिकेट हुन्छ। उनलाई पनि त्यही माहोलले छोयो। सानोमा दाजु रोशनसँग पार्कमा क्रिकेट खेल्दाखेल्दै उनी दिल्लीको आरपी क्रिकेट एकेडेमीमा भर्ना भए। 

यो पनि पढ्नुहोस्

अझै कप्तानी परीक्षामा सन्दीपबिहीबार, जेठ २६, २०७९

आरपी त्यही एकेडेमी थियो, जहाँ ऋषभ पन्तजस्ता चर्चित खेलाडी अभ्यास गर्न आउँथे। सानैदेखि भारतका ठूला क्रिकेटरलाई हेर्दै अघि बढेका देवले झण्डै चार वर्ष आरपी एकेडेमीमा बिताए।

सन् २०१६ मा नेपालमै घर बनाएपछि २०१७ मा उनी परिवारसँगै दिल्ली छाडेर वुटवलको जयकोटी बस्न थाले। सुविधा सम्पन्न एकेडेमीमा क्रिकेट खेल्दै हुर्किएका देवले नेपालमा संरचना र व्यवस्थापनको कमी देखे। तर, खेलाडीहरु राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन उच्चस्तरमा प्रतिस्पर्धा गरिरहेको उनलाई भान भयो।

छोटो समयमै राष्ट्रिय टोलीमा फड्को
करिब चार वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोली बनाउन ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो। देवले स्टार क्रिकेट एकेडेमीबाट आफ्नो कौशल देखाए। उनी ट्यालेन्ट हन्टबाट यू–१९ एसिया कपको लागि बन्द प्रशिक्षणमा प्रवेश गर्न सफल भए। तर, अन्तिम समयमा टोलीमा अटाउन सकेनन्।

गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा देव चितवन टाइगर्समा आबद्ध थिए। भैरहवा ग्ल्याडियटर्सविरुद्ध डेब्यू गरेका उनले सम्झनालायक प्रदर्शन गर्न सकेनन्। यद्यपि, उनले यू–१९ प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा यू–१९ एसिया कपमा सहभागिता जनाउने मौका पाए।

यो पनि पढ्नुहोस्

सुवासको क्रिकेट यात्रा : आफ्नो चोटले टिमबाहिर, अरुको चोटले फेरि मौकाबिहीबार, जेठ २६, २०७९

गत पुसमा मलेसियामा आयोजना भएको प्रतियोगितामा नेपाली टोलीको नेतृत्व उनै देवको काँधमा थियो। फाइनल जित्ने लक्ष्यसहित मलेसिया उडेको टोलीले समूह चरण पार गर्नु त परै जाओस् कसैले कल्पनै नगरेको कुवेतसँग एक विकेटले हार्न पुग्यो। नेपाल तीन खेलमा जितविहीन हुँदै बाहिरियो। 

कुवेत, बंगलादेश र श्रीलंकासँग खेलेका उनले तीन खेलमा ४५ रन मात्रै बनाउन सके। यद्यपि, ब्याटिङमा फरक स्तर, सटिक सट छनोट र खेल्ने शैलीले उनी राष्ट्रिय टोलीमा समेटिए। गत चैत्रमा पपुवा न्यू गिनीसँग भएको पहिलो ओडीआई खेलमा उनले नेपाली सिनियर टोलीमा डेब्यू गर्ने मौका पाए। 

कप्तान सन्दीप लामिछानेबाट डेब्यू क्याप लिएका उनी पहिलो खेलमा चम्किन सकेनन्। ६ बल खेलेर शून्य रनमै पेभिलियन फर्किए। १ ओभर बलिङ गरेर ६ रन दिए। 

तर, समय सधैं खराब कहाँ हुन्छ र? उनले पपुवा न्यू गिनीसँगको दोस्रो खेलमा ‘जादूमय’ प्रदर्शन गरे। तेस्रो नम्बर ब्याटिङमा उत्रिएका उनले ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रन बनाए। तर, उनी जिम्बावे ‘ए’विरुद्धको ‘अनअफिसियल’ एकदिवसीय  श्रृङ्खलामा भने मैदान उत्रिन पाएनन्। मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टी२० मा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका रोहितकुमार पौडेललाई मौका दिँदा देव छायामा परे।

उमेर कलिलो भए पनि मैदानमा परिपक्क ब्याटिङ गर्दै आएका देव अहिले अन्तिम–११ मा स्थान बनाउन प्रयासरत छन्। नेपाली क्रिकेटको सबैभन्दा ठूलो र परम्परागत समस्या ओपनिङ ब्याटरकै छ। पछिल्लो आधा दशकमा सबैभन्दा बढी परिवर्तन ओपनिङ ब्याटिङमै भएको छ। पछिल्लो समय आसिफ शेख र कुशल भुर्तेललाई स्थायित्व दिन खोजे पनि उनीहरु चोटका कारण प्रतियोगिता खेल्ने या नखेल्ने भन्ने टुङ्गो लागिसकेको छैन। 

त्यसैले कुशल र आसिफको अनुपस्थितिमा देव वर्तमान समयमा ओपनरका उत्कृष्ट विकल्प हुन सक्छन्। उनको स्तर, जिम्मेवारी बोध गर्ने क्षमता र आत्माविश्वासले निरन्तरता पाउने हो भने सिनियर टोलीमा उनलाई नराख्नुको विकल्प हुँदैन। उनी ओपनिङ वा तेस्रो नम्बरमा खेल्न सक्छन्। जुन स्थानमा खेले पनि अब नेपालको ब्याटिङको माथिल्लो क्रम धान्ने जिम्मेवारीमा छन् देव खनाल।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै नेपालले टप एन्ड टी–२० सिरिजमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स ११ को सामना गर्दैछ। शनिबार, भदौ ६, २०८३
टप एन्ड टी–२० : टप अर्डर नचल्दा एनटी स्ट्राइलाई नेपालले दियो १२३ रनको सामान्य लक्ष्य नेपालको टप अर्डर कोल्याप्स हुँदा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रनमै समेटियो । नेपालका लागि पवन सर्राफले मात्र सर्वाधिक ४१... शुक्रबार, भदौ ५, २०८३
पछिल्ला दुई सिजनमा ३२ लाख डलर बढी घाटा व्यहोरेको बीपीएल यस वर्ष नहुने अघिल्ला संस्करणमा देखिएका म्याच फिक्सिङ र भ्रष्टाचारका आरोपलगायत विभिन्न समस्याका कारण यस वर्ष प्रतियोगिता आयोजना नगर्ने निर्णय गरिए... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्