• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गुजरातमा कांग्रेसको ठाउँ लिँदै आम आद्‍मी, के बीजेपीवाला आपसँग डराउँछन्?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २७, २०७९  ०७:४०
1140x725

गुजरात- अरबिन्द केजरीवालले केही दिनअघि गुजरातको भ्रमण गरे। उनले बीजेपीको गढ मानिने मेहसाओमा 'तिरंगा र्‍याली' (राष्ट्रिय झन्डासहितको र्‍याली) गरे।

त्यसक्रममा उनले भने,  'बीस दिनको परिवर्तन यात्रामा मैले हजारौं स्थानीयसँग कुराकानी गरें। गुजरात परिवर्तनको माग गरिरहेको छ। बीजेपी र बीजेपीकी बहिनी कांग्रेससँग गुजरातका मान्छेहरु हैरान छन्।'

त्यति मात्र नभइ उनले दिल्लीमा भएको परिवर्तनलाई पनि उल्लेख गरे र बीजेपीसँग जनता डराउने बताए। 'सबैलाई थाहा छ, दिल्लीमा कति राम्रा-राम्रा काम भएका छन्। गुजरातमा मान्छेहरु बीजेपीसँग डराउँछन्। अब बीजेपीसँग डराउन जरुरी छैन। अब गुजरात बदलिनेछ। भारतीय जनता पार्टीको एउटै औषधि हो, आम आद्‍मी पार्टी। बीजेपीवाला केवल आम आद्‍मी पार्टीसँग डराउँछन्, अरु कसैसँग होइन।'

यसको दुई दिनअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बडोदरामा भनेका थिए,  'आम आद्‍मी पार्टी गुजरातका सबै विधानसभा सिटमा चुनाव लड्छ। अब गुजरातीहरुले फैसला गर्नुपर्छ। अहिलेसम्म गुजरातका मान्छेसँग कुनै विकल्प थिएन, तर अब हाजिर छ।'

पछिल्लो दुई वर्षमा केजरीवालले पटक-पटक गुजरातको भ्रमण गरेका छन्। केजरीवाल र पञ्जाव मुख्यमन्त्री भाग्‍वन्त मानले अप्रिल २ मा गुजरातमा 'रोड शो' गरेका थिए। सोमबार अर्थात् ६ जुनमा मेहसाओमा तिरंगा र्‍यालीभन्दा पहिले केजरीवाल १ मे र ११ मेमा गुजारात गएका थिए। त्यतिबेला उनले भरुच र राजकोमा पनि र्‍याली गरेका थिए। 

गुजरातमा यो वर्षको अन्त्यमा विधानसभा चुनाव हुँदैछ। सन् २०१७ को चुनावमा गुजारातको १८२ सदस्यीय विधानसभाका लागि केजरीवालको आम आद्‍मी पार्टी (आप) पहिलोपल्ट चुनावमा उत्रेको थियो। तर, कुनै सिट जित्न सकेन। यसपटक आप फेरि पूरा शक्ति लगाएर गुजरात प्रवेश गरेको छ। अवस्था पनि केही परिवर्तित देखिन्छ।

उता, पछिल्लो विधासभा चुनावमा कांग्रेस पार्टीले सन् २०१२ को तुलनामा राम्रो प्रदर्शन गरेको थियो। बीजेपीको सिट पनि पहिलोपटक १०० भन्दा कम भएको थियो। जबकि, त्‍यतिबेला कांग्रेसलाई पनि बहुमत मिलेन। त्यसपछि भने गुजरातमा कांग्रेसको हालत ओरालो लागेको लाग्यै छ। 

कांग्रेस कमजोर हुँदै 
पछिल्लो निर्वाचनमा कांग्रेसको सिट बढेको थियो। सन् २०१२ मा ६१ सिट जितेको कांग्रेसले २०१७ मा १८२ मध्ये ७७ सिट जितेको थियो। बीजेपी ११५ बाट घटेर ९९ मा पुगेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१७ मा कांग्रेसका सिट बढे पनि पछिल्ला पाँच वर्षको अवस्था हेर्दा खुम्चिदै गएको छ। तर, आम आद्‍मी पार्टी अघि बढिरहेको देखिन्छ।

सन् २०१५ को चुनावअघि नै कांग्रेसका १५ विधायक पार्टी छाडेर हिँडेका थिए। त्यसमध्ये शंकर सिंह बाघेला पनि पर्छन्। सन् २०१७ पछि सात वटा उपचुनाव भए। चार वटामा बीजेपी र तीन वटामा कांग्रेसले जित्यो। सन् २०२० आठ सिटमा भएको उपचुनावमा भने सबै बीजेपीले जित्यो र बीजेपीका विधायकको संख्या १११ पुगेको छ। 

यसपटक जति जति चुनाव निकट छ, त्यति नै कांग्रेसका नेताहरु साथ छाडेर हिँडिरहेका देखिन्छन्। एक रिपोर्टका अनुसार सन् २०१७ पछि १३ पूर्व तथा वर्तमान विधायकले पार्टी छाडिसकेका छन्। ताजा नाम हो हार्दिक पटेल।

आम आद्‍मीलाई सफलताको संकेत
गतवर्ष फेब्रुअरीमा आम आद्‍मी पार्टीले सुरतनगरमा अप्रत्यासित सफलता हासिल गरेको थियो। त्यहाँ आम आद्‍मी पार्टीले २७ सिट जितेको थियो। 

Xtrem

Xtrem

सुरतनगर निगममा १२० सिट छन्। कांग्रेसले त्यहाँ खातासमेत खोल्न सकेन। यसका साथै जामनगर, राजकोट, वडोदरा, भावनगर र अहमदाबादमा पनि बीजेपीले ठूलो अन्तरले जितेको छ। कांग्रेसको कद कमजोर देखिएको छ। के आम आद्‍मी पार्टी गुजरातमा एउटा विकल्पका रुपमा देखिरहेको हो?

वरिष्ठ पत्रकार अजय उमठ आम आद्‍मी पार्टीले यसपटक ठूलो सफलता हासिल गर्छ भन्नु हतार हुने भए पनि बीजेपीको भोट बैंकमा भने निशाना साँध्न सक्ने बताउँछन्। 

कांग्रेससँग पछिल्लो समय हार्दिक पटेल, अल्पेश ठाकुर र जिग्नेश मेवाणीजस्ता युवा नेता थिए। यी तीन नेताको कमान्डले पनि कांग्रेसलाई सफलता दिलाउन सकेन। यसपल्ट उनीहरु नै नरहेको पत्रकार शरद गुप्ता‍ बताउँछन्। अहले कांग्रेसको अवस्था राम्रो नभएकाले कार्यकर्ता हतोत्साहित रहेको उनले पाएका छन्। 'यस्तो अवस्थामा धेरैलाई बीजेपी राम्रो विकल्प समेत लागेको छ,' उनी भन्छन्।

यता, सुरतनगर निगममा जितेका २७ सिटले आम आद्‍मीमा उत्साह देखिएको उनी बताउँछन्। तर, कुनै जादू नै गरिहाल्ने संकेत भने नदेखिएको पत्रकार अजय उमठ बताउँछन्। उनी भन्छन्,  'आम आद्‍मी यहाँ पहिचना बनाउन चाहन्छ, तर त्यस्तो चर्चित अनुहार ऊसँग यहाँ छैन। दिल्लीमा केजरीवाल र पञ्जावमा भाग्‍वन्त मनजस्तै कोही भएको भए आशा गर्न सकिन्थ्यो।'

आम आद्‍मीले संगठनसमेत बलियो बनाउन नपाएका कारण यसपटक बीजेपीको नभइ कांग्रेसको विकल्पका रुपमा देखिने अनुमान छ। गुजरातमा दलित, आदिवासी र ओबीसी कांग्रेसको भोट बैंक मानिन्छन्। शहरी इलाकामा बीजेपीको पकड बलियो छ। आम आद्‍मी पार्टीको नजरमा यसमध्ये कुन वर्गमा छ? ऊ शहरी इलाकामा जोड दिन चाहन्छ वा गाउँ? वा कांग्रेस र बीजेपी दुवैका भोट बैंकमा निशाना लगाउँछ?

वरिष्ठ पत्रकार शरद गुप्ता बीजेपीका शीर्ष नेता गुजरात र हिमाञ्चल प्रदेशमा धेरै भ्रमण गरिरहेको बताउँछन्। उनी भन्छन्, 'कांग्रेस त कहीँ देखिएको छैन। यत्रो मेहनत उनीहरु आम आद्‍मी पार्टीसँग लड्नकै लागि गरिरहेका छन्।  उनीहरुलाई डर छ- आम आद्‍मी पार्टीले शहरी इलाका निशाना नबनाओस्। यसको अर्थ हुन्छ, आम आद्‍मी विकल्पका रुपमा जरुर अघि आइसकेको छ।'

कांग्रेस मात्र नभइ बीजेपीका समर्थकसमेत विकल्पका रुपमा आम आद्‍मी रोजिरहेको उनको भनाइ छ। उनको भनाइ छ, 'अहिलेलाई यति भन्न सकिन्छ, गुजरातमा मुख्य विपक्षी दल बन्न कांग्रेस र आम आद्‍मी पार्टीको प्रतिष्पर्धा हुनसक्छ।'

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित)
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी
सम्बन्धित सामग्री
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्