complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फुलकोर्ट पुग्यो न्यायाधीश नियुक्ति मापदण्डको मस्यौदा, पैसा र राजनीतिलाई ठाउँ नदिन सुझाव

64x64
दुर्गा दुलाल बिहीबार, जेठ २६, २०७९  ०९:४१
1140x725

काठमाडौं– मंगलबार बसेको फुलकोर्ट बैठकमा सर्वोच्च अदालका न्यायाधीशहरूले न्यायाधीश नियुक्तिका लागि बनाइएको मापदण्डको मस्यौदामाथि छलफल गरेका छन्। बैठकमा अधिकांश न्यायाधीशहरूले मापदण्ड निर्माण गर्नु सकारात्मक भए पनि आफ्ना मानिस नियुक्तिका लागि प्रयोग गर्न नसक्ने हुनुपर्ने सुझाव दिए। साथै पैसा र राजनीतिको प्रभाव पनि हुन दिन नहुने उनीहरुको सुझाव छ।

सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चरणबद्ध छलफलपछि निर्णयमा पुग्ने गरी मापदण्ड बनाउनुपर्ने न्यायाधीशहरूको माग छ। त्यस्तै, उच्च अदालतमा हाल भइरहेको नियुक्तिमा प्रश्न उठ्ने गरेकोले यसलाई पनि सुधार गर्नु पर्ने उनीहरूको भनाइ छ। उच्च अदालतमा क्षमतावान व्यक्ति न्यायाधीश बनाउन सके सर्वोच्चमा मुद्दाको चाप घट्ने भएकाले मापदण्ड निर्माण गर्दा ती विषय ख्याल गर्नुपर्ने उनीहरूले सुझाव दिएको स्रोतले बताएको छ।

फुलकोर्ट बैठकमा सुझाव दिने अधिकांश न्यायाधीशहरूले पछिल्लो समयमा भएका नियुक्तिमा न्यायलय धेरै बदनाम भएको बताए। कनिष्ठ, योग्य नभएका र क्षमताले पनि अब्बल नभएका व्यक्तिलाई उच्च अदालतमा नियुक्तिको अभ्यास सुरु भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे। यस्तो अवस्था नसुधारे न्यायलयको साखमा गम्भीर धक्का पुग्ने ती न्यायाधीशले चेतावनी पनि दिए।

लामो समय कानुनको अभ्यास नगरेका, पूर्व न्यायाधीशका आफन्त र राजनीतिक दलको कोटामा उच्च अदालतमा न्यायाधीश बनाउँदा न्याय सम्पादनमा विचलन देखिन थालेको भन्दै फुलकोर्टमा न्यायाधीशहरूले चिन्ता व्यक्त गरेका थिए। उच्च अदालतले जिल्लाबाट टुंग्याइएका मुद्दाको राम्रोसँग अध्ययन नै नगरी फैसला गर्ने र वर्षौँसम्म प्रक्रियागत विषयमा अल्झने हुदाँ न्यायमा बिलम्ब भइरहेको गुनासो आएको उनीहरूको भनाइ छ। उच्चको फैसला चित्त बुझाउने भन्दा सर्वोच्च आउनेक्रम बढेकाले मुद्दाको चाप बढेको उनीहरूले बताए।

न्यायाधीश नियुक्तिमा देखिएको तीन वटा विकृती हटाउनुपर्ने धेरै न्यायाधीशको सुझाव थियो। उनीहरूले न्यायाधीश बनाउँदा पैसा लिने गरेको आरोपवाट मुक्त हुनुपर्ने, आफन्तलाई जसरी पनि न्यायाधीश बनाउने अभ्यास रोक्नुपर्ने र राजनीतिक तहबाट आउने सिफारिस बन्द हुनुपर्ने बताए। उनीहरूले यी तीन सुझाव कार्यान्वयन हुन सके अहिले देखिएको समस्या समाधान हुने बताए।

त्यस्तै, उच्च अदालतमा नियुक्ति हुने न्यायाधीश सर्वोच्चसम्म आउने र प्रधानन्यायाधीश समेत हुनसक्ने भएकाले तल्लो तह उत्कृष्ट बनाउन सके माथिल्लो तह स्वाभाविक रूपमा राम्रो हुने उनीहरूले बताए। उक्त छलफल मंगलबार नटुंगिएको एक न्यायाधीशले बताए। न्यायपरिषद्ले नियुक्ति प्रक्रिया थाल्नुपर्ने भएकाले न्यायाधीश नियुक्ति मापदण्ड पारित गरेर एकदुई दिनमा नै पठाइने उनको भनाइ छ।

फुलकोर्टबाट मापदण्ड टुङ्गो लागेपछि त्यसलाई आधार मानेर परिषद् बैठकले उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्त गर्ने कानुनमन्त्री गोविन्द शर्मा बन्दीले बताए। वैशाख ११ गते जिल्ला र उच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति गर्न बसेको न्यायपरिषद् बैठकले मापदण्ड बनाउने निर्णय गरेको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्तिमा धेरै प्रश्न उठेकाले यसलाई पारदर्शी बनाउन मापदण्ड चाहिने ठहर गरेको थियो। 

मापदण्ड बनाउन मन्त्री शर्मा, न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी र न्याय परिषद् सचिव देवेन्द्रराज ढकाल रहेको समिति बनेको थियो। समितिले तीनै तहका अदालतमा न्यायाधीश नियुक्ति गर्दा अपनाउनुपर्ने मापदण्ड बनाउने क्षेत्राधिकार पाएको थियो। समितिले जेठको दोस्रो साता मापदण्डको मस्यौदा परिषदलाई बुझाएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त मस्यौदामा न्यायाधीश हुन चाहनेले संविधान बमोजिम आफू उपस्थित भई वा विद्युतीय माध्यमबाट न्याय परिषदको सचिवालयमा निवेदन दिनुपर्ने प्रस्ताव गरिएको छ।  यसअघि  रोष्टर तयार पार्ने वा इच्छुकले निवेदन दिने विषय उल्लेख थिएन। परिषदले कसैलाई नियुक्ति गर्न चाहेमा नाम समावेश गरेर छलफल गर्ने गरिएको थियो। न्यायपरिषदका सदस्यहरूको प्रस्ताव र भागबण्डामा नाम आउने तथा नियुक्ति हुने गरेको थियो।  

मस्यौदामा विभिन्न तहमा कार्यरत न्यायाधीशले माथिल्लो पदमा निवेदन दिँदा कार्यसम्पादन मूल्यांकन र त्यसको अभिलेखलाई हेरिने भनिएको छ। जिल्ला तहमा रहेका न्यायाधीशको हकमा फैसला अध्ययन गरिने र कानुन व्यवसायीबाट नियुक्त हुने व्यक्ति र सरकारी वकिलको हकमा उसको कार्य क्षमताको मूल्यांकन गरिने मस्यौदामा उल्लेख छ। 

फैसला अध्ययन समितिले न्यायाधीशको कार्यक्षमताबारे दिएको राय प्रतिक्रियालाई नियुक्तिको आधार बनाउने प्रस्ताव गरिएको छ। कानुन व्यवसायी  र अरुको हकमा पनि यस्तो समितिले दिने प्रतिवेदन मुख्य हुने भनिएको छ। कानुन व्यवसायीका लागि १० वर्ष वकालत गरेको हुनुपर्ने र त्यस अवधिमा बहस गरेका २०० मुद्दाका फैसला पेश गर्नुपर्ने मस्यौदामा उल्लेख छ। हरेक वर्ष १० वटाभन्दा कम फैसला भए मान्यता नहुने पनि उल्लेख छ। 

नियुक्त हुने व्यक्तिको सार्वजनिक आचरण, पेशाप्रतिको निष्ठा र उसले आर्जन गरेको ख्यातिलाई पनि मूल्यांकनको आधार मान्नुपर्ने प्रस्ताव गरिएको छ। नामै नसुनेका र बहसमै उपस्थित नभएका व्यक्तिहरू पनि उच्च अदालको न्यायाधीश भएको भन्दै सार्वजनिक रुपमा आलोचना हुने र यस्ता व्यक्तिहरू नियुक्ति हुदाँ न्याय सम्पादनमा पनि असर पर्ने देखिएकाले यस्तो प्रस्ताव गरिएको बताइएको छ। कानुन व्यवसायीले तिरेको कर पनि एउटा आधार हुने मापदण्डमा उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल उच्च अदालतमा पाँच मुख्य न्यायाधीश र १५ न्यायाधीश रिक्त छन। त्यस्तै, जिल्ला अदालतमा २३ र सर्वोच्चमा २ न्यायाधीश रिक्त छन्। हालैमात्र  न्यायाधीशहरू  मीरा खड्का र तेजबहादुर केसीले अवकाश पाएका छन्। सर्वोच्चमा २१ स्थायी न्यायाधीश हुने संविधानमा उल्लेख छ। 

न्याय परिषद् ऐन २०७३ मा ‘न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश उमेरको हदबाट अवकाश भएर पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअगाडि नियुक्तिको लागि सिफारिस गर्ने’ व्यवस्था गरेको छ। न्यायाधीश वमकुमार श्रेष्ठ पनि केही समयपछि नै अवकाशमा जाँदैछन्।

जिल्ला अदालतको हकमा परिक्षा र कर्मचारीहरूबाट नियुक्ति हुने अभ्यास शुरु भएकाले धेरै आलोचना हुने गरेको छैन। तर, उच्च र सर्वोच्च अदालतमा हुने सिफारिसका विषयमा प्रश्न उठ्ने गरेको छ।

पछिल्लो पटक निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पालामा उच्च अदालतमा सिफारिस हुँदा पनि विवाद भएको थियो। बहसका लागि अदालत नै उपस्थित नभएकालाई राजनीतिक भागबन्डाका आधारमा र पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरूको आफन्तसमेत नियुक्त भएको पाइएपछि विवाददित भएको थियो। 

कानुनमन्त्री शर्माले केही दिनअघि पत्रकार सम्मेलन गर्दै अबको नियुक्ति कमभन्दा कम प्रश्न उठ्ने गरी गरिने र त्यसका लागि मापदण्ड निर्माण गरिएको बताएका थिए। न्यायाधीश नियुक्तिमा विगतमा जे भए पनि अब खल्तीबाट नाम झिक्न नदिने बताएका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज... बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँ... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्