काठमाडौं- भारतमा पछिल्ला दिनमा कोभिड-१९ संक्रमितिको संख्या बढिरहेको छ।
पछिल्लो २४ घण्टामा भारतमा ५ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।
५ हजार २३३ जनामा कोरोना संक्रमण देखिएको र यो मंगलबारको तुलनामा ४० दशमलव ९ प्रतिशत धेरै हो।
कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २४ हजार ७१५ पुगेको छ।
अहिले भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ८५७ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८८१ सक्रिय संक्रमित थपिएका छन्।
महाराष्ट्र, केरल, दिल्ली, कर्नाटक र हरियाणामा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।