काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णयमा पार्टी दृढ रहेको बताएका छन्। आइतबारको सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन भएन नि? भन्ने नेपाल लाइभको जिज्ञासामा उनले भने, ‘त्यो बालुवाटारको कुरा हो। प्रधानमन्त्रीलाई थाहा होला।’
खनालले आफ्नो पार्टीले हेरफेर गर्ने निर्णय गरेको भन्दै त्यो निर्णय कार्यान्वयन हुने पनि बताए।‘हामीले पहिले पठाएको टीमलाई फिर्ता बोलाएर नयाँ साथीहरुलाई पठाउने निर्णय गरेका हौं,’ उनले भने, ‘त्यसमा पार्टी दृढ छ। त्यो कार्यान्वयन हुन्छ।’
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। तर, मन्त्रीहरु फिर्ता भएका छैनन् भने नयाँ सिफारिस भएकाहरुको शपथ भएको छैन। मन्त्री हेरफेर गर्ने निर्णयले एकीकृत समाजवादीमा विवाद चर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।