काठमाडौं– उपत्यकाका सार्वजनिक यातायातमा पकेटमारी गर्ने ६ जना पक्राउ परेका छन्। आइतबार बिहान ११ बजे सामाखुशीमा बा १ ख ६८१६ नम्बरको बसमा पकेटमारी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो।
बसमा सवार गोविन्द बहादुर ताडीको उनीहरुले ७ हजार नगद तथा प्रेमबहादुर सार्कीको मोबाइल लुटेका थिए।
खबर पाउँनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिरहा स्थायी घर भउका बुद्धिलाल चौधरी, मकवानपुरका विकास लामा, सिन्धुपाल्चोकका अनिश तामाङ, भक्तपुरका अशोक लामा, मकवानपुरका गर्वे लामा र सिन्धुपाल्चोकका बिनोद बम्जन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।