चितवन– श्रीमानले पाठेघर बाहिर तानी चोट पुर्याएकी एक महिलाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११:५० बजे मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएका थिए। घाइते महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।